प्रदेश १ मन्त्रीपरिषद्को बैठकले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त गर्ने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले विकास बोर्डको उपाध्यक्ष बाबा मेन्याङ्बो र सदस्य सचिव बस्नेतलाई हटाउने निर्णय गरेको हो ।यस्तै बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा पूर्ण लोक्समलाई नियुक्त गर्ने निर्णय गरेको छ । पाँचथरका लोक्सोम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए । त्यस्तै आयोगका अन्य सदस्यहरूमा डा। ज्ञानेन्द्रबहादुर कार्की (९संखुवा