विराज महर्जनको रेकर्डसँग किरण चेम्जोङको बराबरी

भारतविरुद्धको आजको खेलसँगै गोलकिपर चेम्जोङले नेपालको तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका विराज महर्जनसित बराबरी गरेका छन् । महर्जनले नेपाली टोलीबाट सन्यास लिइसकेका छन् । महर्जन र चेम्जोङ नेपाली टोलीबाट समान ७३ खेल खेलेका छन् । आज नेपाल र भारतबीच मैत्रीपूर्ण खेल भएकाेमा १-१को बराबरीमा टुंगिएको छ । नेपाल र भारबीच आजसहित फुटबलमा २० पटक भिडन्त भएको छ । भारत १३ पटक विजयी भएको छ भने नेपालले दुई चोटी मात्र जित निकाल्न सकेको छ । पाँच खेलमा दुवै टोलीले बराबरी खेलेका छन् । विश्व फुटबल महासङ्घको (फ...

सम्बन्धित सामग्री

सी डिभिजन लिगमा मनोहरा र स्वयम्भूको बराबरी

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा मनोहरा युनाइटेड क्लब र स्वयम्भू क्लबले बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार दिउँसो भएको खेलमा मनोहरा र स्वयम्भू बीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ४८ औँ मिनेटमा अनिश महर्जनको गोलले स्वयम्भूले अग्रता लियो । तर, […]

नेपाल र भारतबीचको खेल सुरु, किरणको नयाँ कीर्तिमान

नेपाल र भारतबीचको दोस्रो मैत्रिपूर्ण फुटबल खेल दशरथ रंगशालामा सुरु भएको छ । खेलमा नेपालको कप्तानी किरण चेमजोङले गरेका छन् ।  यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् । सन् २००८ यता उनले ७३ खेल खेलिसकेका छन् । यसअघि सर्वाधिक धेरै ७२ खेल खेल्ने पूर्वकप्तान बिराज महर्जनको कीर्तिमानलाई किरणले पहिलो मैत्रिपूर्ण खेलमा बराबरी गरेका थिए । उक्त खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

कप्तान किरण चेम्जोङले बिराजको कीर्तिमान भङ्ग गर्नुभयो

नेपालको राष्ट्रिय फुटबल टोलिका गोलरक्षक किरण चेम्जोङ भारत बिरुद्धको मैत्रीपूर्ण खेलमा नयाँ कीर्तिमान बनाउनुहुने भएको छ । दशरथ रङशालाको फुटबल मैदानमा प्रवेश गरे लगत्तै उहाँले नेपालको तर्फबाट सर्बाधिक फुटबल खेल्ने खेलाडीको कीर्तिमान बनाउनुहुनेछ । भारत बिरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटलब स्पर्धा दशरथ रङशालामा सुरु हुँदैछ । कप्तान किरणले नेपालको प्रतिनिधित्व गर्दै आफ्नो ७४ औं फुटबल खेल खेल्नुभएको छ । यसअघि उहाँले मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा उत्रदा नेपालका पूर्ब कप्तान बिराज महर्जनको कीर्तिमानको बराबरी गर्नुभएको थियो । बिराजले थ्री नेशन्स कप फुटबलमा अन्तर्राष्ट्रिय फुटबलको सर्बाधिक खेलमा नेपालको प्रतिनिधित्व गर्ने कीर्तिमान बनाउनुभएको थियो ।

राष्ट्रिय टोलीमा किरण : डेब्युदेखि ७३औं खेलसम्म

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङ नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउने संघारमा छन् । विहीबार भारतविरुद्ध ७३ औं खेल खेल्दै उनले विराज महर्जनको नाममा रहेको कीर्तिमान बराबरी गरे । आइतबार मैदान उत्रिए उनले ७४ औं क्यापसँगै कीर्तिमान आफ्नो नाम गर्नेछन् । ३१ वर्षीय गोलरक्षकले सन् २००८ मा एएफसी […]

विराजको कीर्तिमान बराबरी गर्दै किरण

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले भारतसँगको खेलसँगै राष्ट्रिय टिमबाट सर्वाधिक क्याप जित्ने विराज महर्जनको कीर्तिमानलाई बराबरी गर्दैछन्।किरणले भारतविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल अन्तरगतको पहिलो खेलमा पहिलो रोजाईमा मैदानमा प्रवेश गरेसँगै कीर्तिमान बराबरी गर्ने छन्। विराजले गत चैतमा नेपालमा आयोजना भएको थ्री नेसन्स कपमा ७३ क्याप जित्दै सर्वाधिक खेल खेल्ने नेपालको खेलाडी बनेका थिए।विराजले बंगलादेशविरुद्धको फाइनल खेलको नियमित खेल सकिन १ मिने

नेपालका लागि सर्वाधिक खेल खेल्नेमा किरणले बराबरी गरे विराजको कीर्तिमान

१७ भदौ, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु (चेम्जोङ)ले नेपालका लागि सर्वाधिक खेल खेल्ने विराज महर्जनको कीर्तिमान बराबरी गरेका छन् । बिहीबार भारत विरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो रोजाईमा खेल्दै किरणले विराजको नाममा रहेको ७३ खेलको कीर्तिमान बराबरी गरेका हुन् । किरण कप्तान र गोलकिपर दुई भूमिकामा छन् । विराज राष्ट्रिय […]

विराजको कीर्तिमानसँग किरणको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले यसअघिका कप्तान रहेका विराज महर्जनको सर्वाधिक क्याप जित्ने कीर्तिमानलाई बराबरी गर्दैछन् । किरणले भारतविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल अन्तरगतको पहिलो खेलमा पहिलो रोजाईमा खेल्दै विराजको कीर्तिमानलाई बराबरी गर्न लागेका हुन् । विराजले यसअघि नेपालका लागि ७३ क्याप जितेका थिए । विराजले यो कीर्तिमान […]