माओवादीको महाधिवेशन उद्घाटनमा गएनन् राजेन्द्र लिङ्देन

काठमाडौं- नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटन समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका छैनन्। उद्घाटन समारोहमा राप्रपाको प्रतिनिधीका रुपमा महामन्त्री कुन्ती शाही सहभागी भएकी छिन्। उनले पार्टीको तर्फबाट मन्तव्य राखिरहेकी छिन्। यसअघि नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सम्पूर्ण पार्टीका शीर्ष नेताहरुबीच बोल्दै लिङ्देनले समकालिन नेताहरुलाई चोरसँग तुलना गरेका थिए। यसको प्रतिकारमा मा‌ओवादी […]

सम्बन्धित सामग्री

जितपछि नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन (तस्बिरहरु)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। अध्यक्षका प्रतिष्पर्धी कमल थापालाई पराजित गर्दै लिङ्देन दुई सय मतको अन्तरले विजयी भएका हुन्। नवनिर्वाचित लिङ्देनले आज...

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित, कमल थापाले दिए बधाई

काठमाडौं, मंसिर १९ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। भर्खरै सकिएको मतगणनाअनुसार लिङ्देन १८ सय ४४ मत ल्याएका छन्। अध्यक्षका अर्का उम्मेदवार कमल थापाले जम्मा १६ सय १७ मत ल्याएका छन्। चार सय १३ मत बदर भएको थियो। लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए। अध्यक्षका अर्का उम्मेदवार थापाले पराजय स्वीकार गर्ने बताएका […]

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। उनी प्रतिस्पर्धी कमल थापाभन्दा २०० मत बढी ल्याएर विजयी भएका हुन्। राप्रपा केन्द्रीय सदस्यका उम्मेदवार रवीन्द्रप्रताप शाहले विजेता लिङ्देनले एक हजार ८१७ मत ल्याएर राप्रपा अध्यक्षमा विजयी भएको जानकारी दिए। अर्का अध्यक्ष उम्मेदवार थापाले भने एकहजार ६१७ मतमात्रै पाए। निर्वाचन समितिका अनुसार अध्यक्ष मतदानमा […]

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ। राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो ।

अध्यक्षमा उम्मेदवारी दर्ता गराउन जुलुशसहित पुगे राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन राजेन्द्र लिङ्देन जुलुशसहित राष्ट्रिय सभागृह पुगेका छन्। वुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनमा आज मनोनयन दर्ता हुँदैछ। अध्यक्ष कमल थापा पक्षले फर्जी मतदाताको सूची...

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देन बोल्दा कार्यकर्ताको हुटिङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अन्तरगत राजधानीमा सुरु भएको उद्घाटन सत्रमा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन बोल्दा कार्यकर्ताहरूले उनको समर्थनमा हुटिङ गरेका छन् । कार्यकर्ताहरूले राजेन्द्रको पक्षमा चर्को हुटिङ गर्दै स्वागत गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राप्रपाको मुद्दा अहिले सडकमा लोकप्रिय बनिरहेको बताए । तर सोही एजेण्डा बोकेको पार्टीको अवस्था भने कमजोर रहेको बताउँदै उनले पार्टीलाई पुनः गति दिन जरुरी रहेको बताए । आजदेखि सुरु भएको राप्रपाको महाध

पाथीभरा रिसाउँदिनन्, कमल थापालाई जित्छु : राजेन्द्र लिङ्देन

राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा पुग्दा त्यहाँ नेता–कार्यकर्ताको भीडभाड थियो । भीडमा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन थिएनन् । छेवैको छाप्रो (रेष्टुरेन्ट) मा पनि नेता–कार्यकर्ताको भिडभाड थियो । त्यहाँ पनि लिङ्देन र उनका समर्थकहरु भेटिएनन् ।पार्टी कार्यालय कमल थापा पक्षले कब्जा गरेको भन्दै चक्रपथमा राजेन्द्र लिङ्देनले बेग्लै सम्पर्क कार्यालय खोलेका रहेछन् । लिङ्देनले रातोपाटीसँग भने, ‘कमल थापाले सचिवालय पूर्णरुपमा कब्जा गर्नुभएको छ । एकपक्षीय रुपमा सचिवालय गठन गर्न