आजदेखि भारतमा एकल प्रयोग हुने प्लाष्टिकका सामानहरुको उत्पादन, भण्डारण, बिक्रि वितरण र प्रयोगमा प्रतिबन्ध लगाइएको छ। प्लास्टिकका थर्मोकोल प्लेट, कप, चस्मा, काँटा, चम्चा, चक्कु, स्ट्र, ट्रे, निमन्त्रणा कार्ड, झण्डा, इत्यादि सामानहरुमा प्रतिबन्ध लगाइएको हो।प्रतिबन्धित वस्तु प्रयोग गर्ने सर्वसाधारणलाई ५ सयदेखि २ हजार रुपैयाँसम्म जरीवाना हुने भएको छ।