विमानस्थलमा प्रिपेड ट्याक्सीबाट यात्रुले सुविधा पाउने

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हवाई यात्रुको लागि प्रिपेड ट्याक्सीको व्यवस्था गरेको छ। निषेधाज्ञाका कारण सार्वजनिक सवारीसाधनमा रोक लगाएपछि कार्यालयले यस्तो व्यवस्था मिलाएको हो।कार्यालयका अनुसार स्वीकृति प्राप्त प्रिपेड पर्यटक ट्याक्सी र विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था मार्फत हरियो प्लेटको ट्याक्सी सञ्चालन छन्। त्यस्तै, यात्रुको साथमा रहेको वैधानिक हवाई टिकट,पासपोर्ट र भिसाका आधारमा हवाई यात्रा प्रयोजनको लागि विमानस्थलमा आवतजावत गर्न पाइ

सम्बन्धित सामग्री

निषेधाज्ञापछि विमानस्थलका प्रिपेड ट्याक्सीलाई दसैं आयो !

काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु ओसार–पसार गर्ने जिम्मा प्रि–पेड ट्याक्सीलाई दिइएको छ । विभिन्न पार्टीका मजदुर नेताहरुको स्वामित्वमा दर्ता भएका विमानस्थलका प्रिपेड ट्याक्सी बाहेक अन्य ट्याक्सीमाथि चाहिँ सरकारले रोक लगाएको छ ।   पर्यटनलाई सेवा दिने उद्देश्यले दर्ता भएका २०८ वटा प्रिपेड ट्याक्सी अहिले विमानस्थलमा सञ्चालित छन् । ‘प्रिपेड ट्याक्सी नेपाल’ नामको फेसबुक पेजमा सो ट्याक्सीलाई सम्पर्क गर्ने हटलाइन नम्बर

हवाइ यात्रुलाई हरियो नम्बर प्लेटको ट्याक्सी

काठमाडौं। निषेधाज्ञामा हवाइ यात्रुले लागि हरियो नम्बरको ट्याक्सी पाउने भएका छन्। आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका यात्रुले नै हरियो नम्बरको ट्याक्सी प्रयोग गर्न पाउनेछन्। विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बरका ट्याक्सीलाई प्रिपेड ट्याक्सीको रूपमा प्रयोग गर्न पाउने जानकारी दिएको हो। हवाइ यात्रुले वैधानिक हवाइ टिकट/पासपोर्ट/भिसा देखाएपछि विमानस्थलमा आवतजावत गर्न सक्नेछन्।