हवाइ यात्रुलाई हरियो नम्बर प्लेटको ट्याक्सी

काठमाडौं। निषेधाज्ञामा हवाइ यात्रुले लागि हरियो नम्बरको ट्याक्सी पाउने भएका छन्। आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका यात्रुले नै हरियो नम्बरको ट्याक्सी प्रयोग गर्न पाउनेछन्। विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बरका ट्याक्सीलाई प्रिपेड ट्याक्सीको रूपमा प्रयोग गर्न पाउने जानकारी दिएको हो। हवाइ यात्रुले वैधानिक हवाइ टिकट/पासपोर्ट/भिसा देखाएपछि विमानस्थलमा आवतजावत गर्न सक्नेछन्।