दाङमा दिउँसो १ बजेसम्म ४१ प्रतिशत मत खस्याे

दाङ – दाङमा दिउँसो १ बजेसम्म ४१ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय दाङका अनुसार दिउँसो १ बजेसम्म ४१ प्रतिशत मतदाताले मतदान गरेका छन् । जिल्लामा दश पालिका र ९९ वडाका केन्द्रमा उत्साहजनक र शान्तिपुर्ण वातावरणमा मतदान भईरहेको छ । जिल्लामा कुल ४ सय ६१ मतदान केन्द्र, एक सय ५३ मतदान स्थल तय गरिएको छ । भने ४ लाख ९ हजार ९०२ मतदाताले मतदान गर्दैछन् । जसमध्य दुई लाख ८०१ जना पुरुष र दुई लाख ९ हजार ९९ जना महिला र अन्य दुई जनाले मतदान गर्दैछन् । त्यस्तै जिल्लामा ३५ सय सुरक्षाकर्मी र २५ सय कर्मचारीहरुलाई मतदान स्थलमा ...

सम्बन्धित सामग्री

दाङमा खोलामा डुबेर २ बालकको मृत्यु

१९ असोज, दाङ । दाङमा लमहीस्थित अर्जुन खोलामा डुबेर दुई जना बालकको मृत्यु भएको छ । लमही नगरपालिका-६ स्थित अर्जुनखोलामा मंगलबार दिउँसो पौडी खेल्न गएका लमही-४ अर्नहवाका १३ वर्षीय ललित परियार र १० वर्षीय अजित विकको डुबेर मृत्यु भएको हो । सशस्त्र प्रहरी बल नं ४१ दाङका प्रहरी नायव निरिक्षक प्रकाश जैसी ढकालका अनुसार दिउँसो […]

दाङमा झाडापखालाबाट एक बालिकाको मृत्यु

तुलसीपुर : दाङमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गापा-७ भैसाही नाका पलानगौरी निवासी ७ वर्षीया सम्झना परियार रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कमलबहादुर रोकायले बताए। बिहीबार दिउँसो ४ बजेतिर मृत्यु भएको उनको भनाइ छ।यस्तै झाडापखालाबाट १७ जना बिरामी भएका थिए, अहिले सबै निको भएको उनले बताए। उनले भने, ‘हामीलाई हिजो दिउँसो खबर आयो। त्यसपछि त्यहाँ हामीले तत्काल स्वास्थ्यकर्मी पठाएका थियौँ। विकट ठाउँ भएका कारण भारत हुँदै त्यहाँ जान ५‚ ६ घण्ट

दाङमा डुबेर एक युवकको मृत्यु

दाङमा अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ ।  ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका–२ रामपुर बुकाका २६ वर्षीय निराजन पोखरेल रहेका छन् । शनिबार साथीसँग नुहाउन दोभानमा पुगेका पोखरेलको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।दिउँसो नुहाउने क्रममा मानिस डुबेको सूचना पाए लगत्तै अर्जुन खोलाका डीएसपी नवीन बुढाथोकी नेतृत्वको १९ जनाको टोली खटिएको थियो । खोज तलास गर्ने क्रममा पोखरेलको शव खोँचमा अड्किएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

दाङमा चट्याङ लागेर बालकको मृत्यु

काठमाडौँ । दाङमा चट्याङ लागेर  एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१९ खानीगाउँका १५ वर्षीय बालक शङ्कर विकको चट्याङ लागेर मृत्यु भएको हो । घर नजिकै गोरु चराउन गएका बिकको शुक्रबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

दाङमा बाढीले बगाएर किशोरीको मृत्यु

दाङमा बाढीले बगाएर एक किशोरीको मृत्यु भएको छ । दाङको बबई गाउँपालिका–४ स्थित चाइकेरेमा खोलाले बगाउँदा सोही ठाउँकी १५ वर्षीया सन्ध्या परियारको मृत्यु  भएको हो  ।  सोमबार दिउँसो परेको अविरल वर्षापछि...

दाङमा जिप दुर्घटना, १३ जना घाइते

दाङ– यात्रुबहाक जिप दुर्घटनामा परेर दाङमा १३ जना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका–३ चोरखोलामा बिहीबार दिउँसो रोल्पाको जुँगारबाट दाङको तुलसीपुर आउँदै गरेको जीप दुर्घटनामा परेको हो। घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटनामा परेको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए। घाइते १३ जनामध्ये तीन जनालाई थप उपचारका लागि कोहलपुर लगिएको […]

दाङमा कोइलाखानीमा च्यापिँदा एकको मृत्यु

दाङमा कोइलाखानीमा च्यापिदा एकजनाको मृत्यु भएको छ। सोमबार दिउँसो १२ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १ दाङ्जामा भन्ने स्थानमा रहेको पशुपति कोईलाखानी उद्योगमा काम गर्ने घोराही उप–महानगरपलिका वडा नं १९...

दाङमा आठ जुवाडे पक्राउ

दाङमा आठ जुवाडे पक्राउ परेका छन् । शुक्रबार पक्राउ गरिएका उनीहरुलाई शनिवार प्रहरीले सार्वजनिक गरेको हो । शुक्रवार दिउँसो प्रहरी निरीक्षक रञ्जनबहादुर स्वाँरको नेतृत्वमा खटिएको प्रहरी टोलीले तुल्सीपुर–६ रजौरा टोलको एक खाली घरमा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट झण्डै दुई लाख नगद समेत बरामद गरिएको जनाएको छ ।पक्राउ पर्नेहरुमा तुल्सीपुर–११ का रोहित न्यौपाने, सोही स्थानका चित्रबहादुर बस्नेत, मिनकेतन गिरी, सुरेन्द्र लामा, वडा नम्वर १२ का मानबहादुर रावत, दि

दाङमा बालिकामाथि सामूहिक बलात्कार

दाङमा एक बालिकामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित शितलपुरमा रहेको एक होटलमा बालिकामाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको हो ।गएको भदौ २७ गते दिउँसो करिब ४ बजे १४ वर्षकी बालिकामाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए । बालिकालाई दुई जनाले प्रलोभनमा पारेर होटलमा लगेर सामूहिक बलात्कार गरेको डिएसपी अर्यालले बताए ।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कैलाली घर भई हाल तुलसीपुर उपमह

पोखरीमा डुबेर दाङमा एकजनाको मृत्यु

दाङ – पोखरीमा डुबेर दाङमा एकजनाको मृत्यु भएको छ । बुधबार बिहान सिँचाइको लागि बनाइएको कृतिम पोखरीमा डुबेर बेपत्ता भएका युवकको शव बिहीबार दिउँसो निकालिएको हो । घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलताराको ड्याममा पौडी खेल्ने क्रममा बुधबार बिहान बेपत्ता भएका स्थानीय ३१ वर्षीय लालबहादुर बिष्टको शव निकालिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए […]