तुलसीपुर : दाङमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गापा-७ भैसाही नाका पलानगौरी निवासी ७ वर्षीया सम्झना परियार रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कमलबहादुर रोकायले बताए। बिहीबार दिउँसो ४ बजेतिर मृत्यु भएको उनको भनाइ छ।यस्तै झाडापखालाबाट १७ जना बिरामी भएका थिए, अहिले सबै निको भएको उनले बताए। उनले भने, ‘हामीलाई हिजो दिउँसो खबर आयो। त्यसपछि त्यहाँ हामीले तत्काल स्वास्थ्यकर्मी पठाएका थियौँ। विकट ठाउँ भएका कारण भारत हुँदै त्यहाँ जान ५‚ ६ घण्ट