भर्चुअल बैठकको वैधतामाथि प्रश्न खडा

कोरोना कहर बढेसँगै सङ्घीय संसद्को बजेट अधिवेशन छिट्टै अन्त्य भयो । अधिवेशन अन्त्यपछि समिति बैठक समेत नियन्त्रित भए । सांसद, सचिवालयका कर्मचारी तथा विशिष्ट व्यक्तिका सुरक्षाकर्मीलाई नै कोरोना सङ्क्रमण भएपछि समिति बैठकहरू ‘भर्चुअल’ रूपमा सक्रिय भएका छन् । कोरोना कहरमा जनसरोकारका विषयको सुनुवाइ गर्न भन्दै बढिरहेका यस्ता बैठकको कानुनी वैधता भने छैन । संसद् सचिवालयले प्रविधि व्यवस्थापन गर्न नसक्दा प्रविधिको सहायता पनि समितिहरूले तेस्रो पक्षसँग लिइरहेका छन् । पछिल्लो समयमा कानुन न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक समिति, शिक्षा तथा स्वास्थ्य समितिले भर्चुअल बैठकलाई निरन्तरता दिइरहेका छन् । यसअघि राज्य व्यवस्था तथा सुशासन समितिले पनि बैठकको अभ्यास गरेको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बन्दाबन्दी प्रारम्भसँगै सदनका पदाधिकारी र समिति सभापतिसँग भर्चुअल संवाद गर्नुभएको थियो ।

सम्बन्धित सामग्री

आत्मसमीक्षाको अवसर

नेपालको संविधान २०७२ बमोजिम भएको सङ्घीय प्रतिनिधि सभा (२७५ सदस्यीय) र सातवटा प्रदेश सभा (५५० सदस्यीय) को अन्तिम बैठकको अर्थ नयाँ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको स्वागत तयारी पनि हो। पहिलो पाँच वर्षमा संविधानद्वारा निर्दिष्ट सङ्घीयता अभ्यासको आधार खडा भएको छ। पहिलो पाँच वर्षको समीक्षा गरी आगामी पाँच वर्षको योजना बनाउने समय आएको छ। पहिलो पाँच वर्षको गतिमा हिँडेर अबको कार्ययोजना पूरा हुन सक्दैन । संविधान सभाबाट बनेको संविधान राम्रो छ, त्यसको कार्यान्वयन गर्न असल व्यक्तिलाई जिम्मेवारी दिने अब मतदाताले हो। असल व्यक्ति जिम्मेवारीमा पुग्दा उसले सञ्चालन गर्ने संरचना प्रभावकारी र सशक्त हुन सक्छ।

नेपाल–भारत सीमा क्षेत्रमा तारबार लगाउन माग

भारतले पटक–पटक नेपालको सीमा अतिक्रमण गरी दुःख दिएको र नेपालको सावैभौमसत्तामाथि नै प्रश्न खडा हुने गरी गतिविधि गरेको भन्दै सांसदहरुले तत्काल दुई देशबीचको सीमा व्यवस्थापन गर्ने गरी तारबार लगाउन माग गर्नुभएको छ । कोरोनाको सङ्क्रमण फैलन नदिन लकडाउन जारी रहेको बेला पछिल्लोपटक नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेको र नेपालको अस्मितामाथि नै हमला गरेकाले सीमा क्षेत्रमा तत्काल तारबार गर्न उहाँहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सीमा अतिक्रमणविरुद्ध सरकारले कूटनीतिक पहल गर्नुपर्ने र आफ्नो भूमि एक इन्च पनि नछाड्ने गरी प्रक्रिया अगाडि बढाउन सांसदले माग गर्नुभयो ।

प्रदेश १ : कोरोना संक्रमण रोक्न १० करोडको जनसुरक्षा कोष

कोरोना भाईरस (कोविड–१९) नियन्त्रण तथा उपचारका लागि १० करोड रूपैयाँको जनसुरक्षा कोष खडा गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार ‘प्रदेश नं. १ कोरोना जनसुरक्षा कोष’ खडा गरिएको हो।

बंशिलाघाटमा जन्तेढुंगा गाउँपालिकाको हेल्पडेस्क

कोरोना भाइरस भित्रिन नदिन खोटाङको जन्तेढुंगा गाउँपालिकाले प्रमुख नाकामा हेल्पडेक्स खडा गरेको छ। जताततै कोरोनाको त्रास फैलिरहेका बेला जन्तेढुंगा गाउँपालिकाले बराहपोखरी गाउँपालिका–५ पौवासेरामा पर्ने बंशिलाघाटमा स्वास्थ्यकर्मी खटाएर हेल्पडेस्क खडा गरेको हो। गत शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार बंशिलाघाटमा आइतबारदेखि हेल्पडेक्स स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए।