बंशिलाघाटमा जन्तेढुंगा गाउँपालिकाको हेल्पडेस्क

कोरोना भाइरस भित्रिन नदिन खोटाङको जन्तेढुंगा गाउँपालिकाले प्रमुख नाकामा हेल्पडेक्स खडा गरेको छ। जताततै कोरोनाको त्रास फैलिरहेका बेला जन्तेढुंगा गाउँपालिकाले बराहपोखरी गाउँपालिका–५ पौवासेरामा पर्ने बंशिलाघाटमा स्वास्थ्यकर्मी खटाएर हेल्पडेस्क खडा गरेको हो। गत शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार बंशिलाघाटमा आइतबारदेखि हेल्पडेक्स स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए।