रुकुम पश्चिमको चौरजहारी विमानस्थल स्तरोन्नति भएको लामो समयसम्म पनि सुचारु हुनसकेको छैन । २०२८ सालमा निर्माण गरेर सञ्चालनमा आएको विमानस्थल २०७० सालमा कालोपत्रे गरिए पनि त्यसपछि परीक्षण उडान मात्र गरेर नियमित सेवा सुचारु नगरेपछि सेवाग्राही मर्कामा परेका छन् ।