मोरङको रतुवमाईका ४ वडाको परिणाम सार्वजनिक, दुई वडामा काँग्रेस विजयी

मोरङको रतुवमाईका ४ वडाको परिणाम सार्वजनिक भएको छ । जसमध्ये दुई वडामा काँग्रेस र एक–एक वडामा माओवादी र एमालेका उम्मेदवार विजयी भएका छन् ।  सार्वजनिक विवरणअनुसार रतुवामाई १० नम्बर वडामा काँग्रेसका भुलबहादुर कार्की १३२१ मत ल्याएर निर्वाचित भए ।उनका निकटतम प्रतिस्पर्धी एमालेका देवीप्रसाद दाहालले १२०२ मत ल्याएका छन् । यस्तै वडा नम्बर ९ काँग्रेसका इन्द्रबहादुर लिम्बू १६२७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका विनोद घिमिरेले १२२८ मत ल्याए । वडा नम्बर १ मा माओवादीका

सम्बन्धित सामग्री

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ– निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम सार्वजनिक गरेको हो । प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन […]

यी हुन् मत परिणाम सार्वजनिक हुन बाँकी ८ पालिका

काठमाण्डाै – पालिका चुनाव अन्तर्गत अब ८ वटा पालिकाको मात्रै अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ । ७ सय ५३ मध्ये ७ सय ४५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । अन्तिम परिणाम आउन बाँकी पालिकामा काठमाण्डौ महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका, रौतहटको गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका रहेका छन् । पछिल्लो पटक पोखरा र ललितपुर महानगर र रौतहटको गढीमाई नगरपालिकाको न...

७१५ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ : स्थानीय तहको निर्वाचनअन्तर्गत ७१५ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले हालसम्म ७५३ मध्य] ७१५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो। प्राप्त विवरणअनुसार नेपाली कांग्रेस ३१४ पालिकामा जित निकाल्दै पहिलो दल बन्न सफल भएको छ। उसले प्रमुख १२८ र १०१ उपप्रमुखमा तथा अध्यक्षमा १८६ र उपाध्यक्षमा १८९ जितेको छ। ०७४ सालको निर्वाचनबाट पहिलो बनेको नेकपा एमालेका उम्मेदवार १९३ पालिका प्रमुख जित्दै दोस्रोमा सीमित भएको छ। एमालेले ७२ पालिका प्रमुख र १२१ अध्यक्ष

उपमहानगरपालिकाको मत परिणाम सार्वजनिक

काठमाडौं । उपमहानगरपालिकाको मत परिणाम सार्वजनिक भएकाे छ । सार्वजनिक मत परिणाम अनुसार ११ वटा उपमहानगरपालिका मध्ये ५ उपमहानगरको मत परिणाम सार्वजनिक हुँदा ३ वटामा गठबन्धन र २ वटामा नेकपा एमाले विजयी भएका छन् । बाँकी ६ मध्ये ३ उपमहानगरमा स्वतन्त्रका उम्मेदवारले अग्रता लिइरहेका छन् भने २ उपमहानगरमा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । साथै […]

मतगणना बाँकी रहेका स्थानमा चाँडो परिणाम सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा मतगणना बाँकी रहेका स्थानमा चाँडो परिणाम सार्वजनिक गराउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा गणकहरुको संख्या बढाएर जतिसक्दो चाँडो परिणाम सार्वजनिक गराउन निर्देशन दिइएको जानकारी दिए । उनले ५ गतेसम्म सबै स्थानको परिणाम सार्वजनिक गर्ने भनिएपछि […]

पर्वतमा १५ वटा वडाको मत परिणाम सार्वजनिक

पर्वतमा १५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम सार्वजनिक भएका १५ वडामध्ये नेकपा एमालेले १३  र गठबन्धन २ वटा वडामा विजयी भएको छ  । सार्वजनिक भएको मत परिणामअनुसार जलजला गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ मा एमालेका उम्मेदवारले जीत हात पारेका छन्  । तीमध्ये एमाले तीनवटा वडामा प्यानलसहित विजयी भएको छ ।यस्तै, महाशीला गाउँपालिकामा ३ वटा वडामा पनि एमाले विजयी भएको छ । महाशीला गाउँपालिकाका वडा नम्बर १, २ र ३ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन्। बिहादी गाउँपालिका १

बाँकेका १४ वटा वडाको मत परिणाम सार्वजनिक

बाँकेमा १४ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ। बाँकेमा रहेका कुल ८१ वटा वडामध्ये अहिलेसम्म १४ वटाको परिणाम सार्वजनिक भएको हो।...

कांग्रेसमा ८ केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भूगोल तथा आरक्षणतर्फ बिभिन्न आठ जना केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ।बागमती प्रदेशतर्फ खुला दुई केन्द्रीय सदस्य, प्रदेश १ मा खुल्ला दुई तथा महिला एक केन्द्रीय सदस्य, मुस्लिम दुई खुल्ला तथा महिला एक केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको हो। याे गणना सकिएसँगै खसआर्य, आदिवासी जनजाति तथा दलिततर्फकाे केन्द्रीय सदस्यकाे मत गणना सुरु भएकाे छ।

बैतडी काँग्रेस : अन्तिम मत परिणाम सार्वजनिक

नेपाली काँग्रेस बैतडीका सबै पदको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यसअघि जिल्ला कार्यसमिति पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरूको मतगणना सम्पन्न भएकोमा शुक्रबार राति जिल्ला सदस्यहरूको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । मतदान प्रक्रियाबाट चयन भएका बैतडीका ४० जना जिल्ला सदस्यहरूको नामावली सार्वजनिक भएको सहायक जिल्ला निर्वाचन अधिकृत बिष्णु अवस्थीले बताए । जिल्ला कार्यसमिति सदस्य पदमा गीता जोशी, देवेन्द्रबहादुर ऐर, करनसिंह कठायत, चक्रबहादुर चन्द, राजु ऐरी (बोहरा), अमरबहादुर धानुक, निराजनप्रसा

अछाममा काँग्रेस निर्वाचन : क्षेत्र नम्बर २ को मत परिणाम सार्वजनिक

नेपाली काँग्रेस क्षेत्र नम्बर २ को मत परिणाम सार्वजनिक भएको छ । क्षेत्र नम्बर २ मा मंगलबार भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको मत परिणाम सार्वजनिक भएको हो । महाधिवेशन र क्षेत्रीय कार्य समितिका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।महाधिवेशन प्रतिनिधि खुल्ला १० जनामा सबै भन्दा बढी मत ल्याएर काँग्रेस अछामका पूर्वसभापति पुष्पबहादुर शाह विजयी भएका छन् । उनले ५ सय ४५ मत ल्याएका छन् ।यस्तै दोस्रो नम्बरमा पदमराज अधिकारी ४ सय ९७, तेस्रोमा बलबहादुर कुँवरले ४ सय ८५, चौथोमा सुरतबहादुर विष्टले