७१५ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ : स्थानीय तहको निर्वाचनअन्तर्गत ७१५ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले हालसम्म ७५३ मध्य] ७१५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो। प्राप्त विवरणअनुसार नेपाली कांग्रेस ३१४ पालिकामा जित निकाल्दै पहिलो दल बन्न सफल भएको छ। उसले प्रमुख १२८ र १०१ उपप्रमुखमा तथा अध्यक्षमा १८६ र उपाध्यक्षमा १८९ जितेको छ। ०७४ सालको निर्वाचनबाट पहिलो बनेको नेकपा एमालेका उम्मेदवार १९३ पालिका प्रमुख जित्दै दोस्रोमा सीमित भएको छ। एमालेले ७२ पालिका प्रमुख र १२१ अध्यक्ष