सादगीपूर्ण जीवनशैली तथा संघर्ष गर्न नडराउने स्वभाव भएकी ममता बनर्जी तेस्रोपटक पश्चिम बंगालमा कार्यकाल चलाउने स्थितिमा पुगेकी छन् ।
पश्चिम बंगाल लगभग ३४ वर्षसम्म वामपन्थीहरूको गढ थियो । तर ममताले वामपन्थीहरूसँग सडकमा निर्भीक तरिकाले भिडेर सन् २०११ मा तृणमूल कांग्रेसलाई पहिलोपटक विजयी बनाइन् ।
राजनीति कांग्रेसबाट शुरू गरेकी ममताले सन् १९९८ मा तृणमूल कांग्रेस बनाइन् र बंगालको राजनीतिमा बेग्लै पहिचान बनाउन थालिन् ।
ममताको जन्म सन् १९५५ को जनवरी ५ मा भएको हो । उनी जन्मेको केही वर्षपछि नै उनका पिता प्...