ब्याजदर वृद्धि र राष्ट्र बैंकको नीतिप्रति नेपाल मुद्रण महासंघको विरोध

काठमाडौं । नेपाल मुद्रण महासंघले ब्याजदरमा भएको वृद्धि र नेपाल राष्ट्र बैंकको वित्तीय नीतिप्रति असन्तुष्टि जनाएको छ । महासंघका अध्यक्ष खोमकान्त रेग्मी र महासचिव कमलप्रसाद पोखरेलले एक विज्ञप्ति जारी गर्दै बैंक वित्तीय संस्थाहरुद्वारा असोजदेखि लागू हुनेगरी ब्याजदरमा भएको वृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । राष्ट्र बैंकका नीतिका कारण कर्जाको ब्याजदर आकाशिने र कोभिडले पारेको […]

सम्बन्धित सामग्री

मौद्रिक नीतिको लक्ष्य हासिल गर्ने चुनौती

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले दिएको मूल्यवृद्धि र शोधनान्तर स्थिति नियन्त्रणको म्यान्डेटअनुसार गत साउन ७ गते जारी मौद्रिक नीतिमा यो आर्थिक वर्षमा मुद्रास्फीतिको दर ६.७ प्रतिशतमा राख्ने लक्ष्य नेपाल राष्ट्र बैंकले लिएको छ । यो लक्ष्य गत आवको भन्दा ०.३ प्रतिशतले कम हो र विश्वभरि नै मुद्रास्फीतिको दर नियन्त्रण गर्न केन्द्रीय बैंकहरूले ब्याजदर वृद्धि […]

रूपन्देहीका व्यवसायीद्वारा राष्ट्र बैंकमा धर्ना

भैरहवा– बैंकको ब्याजदर बढी भएको भन्दै रूपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । उद्योग व्यवसाय धराशायी हुनेगरि बैंकहरूले दोहोरो अंकमा कर्जाको ब्याजदर वृद्धि गरेको भन्दै व्यवसायीहरूले संस्थागत रूपमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरमा धर्ना दिएका हुन् ।  रूपन्देहीमा क्रियाशील व्यावसायिक संघसंस्थाहरूले नेपाल राष्ट्र बैँक अगाडि बैंक तथा वित्तीय संस्थाको ज्यादतीबिरुद्ध धर्ना दिँदै ब्याजदर एकल विन्दुमा कायम […]

ब्याजदर वृद्धिले राष्ट्र बैंक र व्यवसायीबीच बढ्दो जुहारी

नेपाल राष्ट्र बैंकले भने व्यवसायीहरूले नाराजुलुश लगाउँदैमा ब्याजदर नघट्ने स्पष्ट पारेको छ । सार्वजनिक कार्यक्रममै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले अहिलेको ब्याजदर वृद्धि इतिहासकै बढी नभएको र अझै केही समय चाप पर्ने बताएका छन् ।

बैंकको चर्को ब्याजदरविरुद्ध भैरहवाका व्यवसायी सडकमा

बैंक तथा वित्तीय संस्थाले अत्यधिक ब्याजदर वृद्धि गरेको भन्दै रुपन्देहीका उद्योगी-व्यवसायीले शुक्रबार भैरहवामा प्रदर्शन गरेका छन्।   रुपन्देहीका विभिन्न ५० वटा उद्योगी–व्यवसायी संस्थाले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखामार्फत नेपाल राष्ट्र बैंकका गर्भरनरलाई ज्ञापनपत्र बुझाएका छन्।...

ब्याजदर र तरलता व्यवस्थापन गर्न महासंघले दियो राष्ट्र बैंकलाई दबाव

३१ असोज, काठमाडौं । व्यवसायीको माग सम्बोधनका लागि दबाव दिन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व नेपाल राष्ट्र बैंक पुगेको छ । व्यवसायीले ब्याजदर वृद्धि र तरलता व्यवस्थापनको समस्या समाधान गर्नुपर्ने मागसहित सडक आन्दोलन सुरु गरेपछि महासंघका अध्यक्ष शेखर गोल्छा सहितको टोलीले राष्ट्र बैंकसँग छलफल गरेको हो । अर्थतन्त्रमा आन्तरिक र वाह्य कारणले वहुआयामिक प्रभाव परिरहेकोले […]

‘तरलता अभाव, ब्याजदर वृद्धि र सेयर बजारलाई समेट्ने गरी मौद्रिक नीति आउनु पर्छ’

नेपाल राष्ट्र बैंक यतिबेला आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा लागेको छ । यसक्रममा निजी क्षेत्रका छाता संगठनहरू निरन्तर मौद्रिक नीतिमा समेटिनुपर्ने विषयबारे सुझाव पेस गरिरहेका छन् । यसै क्रममा नेपाल चेम्बर अफ कमर्सले पनि सुझाव पेस गरिसकेको छ । बजेटले लिएको उच्च अंकको आर्थिक वृद्धिका लक्ष्य र अन्य उद्देश्य भेट्टाउनका लागि कस्तो मौद्रिक नीति आवश्यक पर्छ ? लगायत विषयमा केन्द्रीत रही रातोपाटीका निकेश खत्रीले चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालसँग गरेको कुराकानीको सम्पादित अंश–अ

ब्याजदर वृद्धि र आयातमा कडाइ गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक स्थायित्व कायम गर्न र मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउने तयारी गरेको छ । केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर बढाउने संकेत गरेको हो । राष्ट्र बैंकले भारत, अमेरिका, बेलायत, र ब्राजिलजस्ता देशमा मुद्रास्फिति बढेको भन्दै यसको प्रभाव नेपालमा पर्ने आँकलन गर्दै ब्याजदर बढाउने संकेत […] The post ब्याजदर वृद्धि र आयातमा कडाइ गर्दै राष्ट्र बैंक appeared first on राजधानी राष्ट्रिय दैनिक.

बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल भइरहेको छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर नियन्त्रण गर्नका लागि छलफल भइरहेको बताउनुभएको छ । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले त्यसका लागि नेपाल राष्ट्र बैंक तथा अन्य बैंकहरुसँग छलफल भइरहेको बताउनुभयो । पछिल्लो समय बैंकको ब्याजदर वृद्धि हुँदा उद्योगी व्यवसायीहरुलाई समस्या परेको […]

सहकारीका सञ्चालकको दबाबमा ब्याजदर वृद्धि

काठमाडौं । सहकारी संस्थाका सञ्चालकहरूको दबाबमा सरकारले सहकारी संस्थाको ब्याजदर बढाएको छ । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाएपछि सहकारीका सञ्चालकहरूले पनि ऋणको ब्याजदरमा माथिल्लो सीमाको रूपमा लागू हुने सन्दर्भ ब्याजदर बढाउन दबाब दिएका थिए । सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा हुने सन्दर्भ ब्याजदर निर्धारण समितिले शुक्रवार सन्दर्भ ब्याजदर बढाएर १६ प्रतिशत पुर्‍याएको छ । विभागले शुक्रवार नै सूचना जारी गरी आइतवारदेखि यो व्यवस्था कार्यान्वयन हुने उल्लेख गरेको छ । सहकारीले बचत तथा ऋणको ब्याजदर अन्तर (स्प्रेडदर) ६ प्रतिशतभित्र कायम गर्नुपर्ने र ऋण लगानीमा व्यक्तिगततर्फ १ प्रतिशत तथा सामूहिक जमानीमा एक दशमलव ५ प्रतिशत सेवा शुल्क लिन पाउने विभागले उल्लेख गरेको छ । गतवर्ष कात्तिक १५ गतेदेखि सहकारीको सन्दर्भ ब्याजदर १४ दशमलव ७५ प्रतिशत थियो । तर, तरलता अभावको कारण देखाउँदै बैंकहरूले ब्याज बढाउन थालेपछि सहकारीका सञ्चालकहरूले पनि सन्दर्भ ब्याजदर बढाउन दबाब दिँदै आएका थिए । फागुन १ गतेदेखि बैंक तथा तथा वित्तीय संस्थाहरूले ब्याजदर १० प्रतिशतले बढाएपछि सहकारीका सञ्चालकहरूले ब्याजदर समायोजन गर्न सहकारी महासंघका अध्यक्षकै संयोजकत्वमा संघर्ष समिति बनाएर विभाग घेराउ पनि गरेका थिए । अर्थमन्त्री जनार्दन शर्मा र भूमि व्यवस्था तथा सहकारीमन्त्री शशी श्रेष्ठले ब्याजदर बढाउन अस्वीकार गरेपछि विभागले ब्याजदर बढाउन आनाकानी गर्दै आएको थियो । तर, सन्दर्भ ब्याजदरका कारण सहकारी संस्थाहरूलाई सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्नै गाह्रो परेको भन्दै महासंघसहित सहकारीका सञ्चालकहरूले चौतर्फी दबाब दिएपछि ब्याजदर बढेको हो । महासंघले भने विभागमा सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्‍याउन सुझाव दिएको थियो । ब्याजदरबारे अध्ययन गर्न गठित प्राविधिक उपसमितिले ब्याजदर निर्धारणको कानूनी व्यवस्था अनुसार १२ दशमलव ५० प्रतिशत मात्र कायम हुने प्रतिवेदन दिएको थियो । तर, यसबाट समस्या समाधान नहुने भन्दै उपसमितिले राष्ट्र बैंकको ब्याजदरसम्बन्धी निर्देशन अनुसार १० प्रतिशतसम्म सन्दर्भ ब्याजदर पनि बढाउन सकिने उपाय सुझाएको थियो । समितिले चार/चार महीनामा नियमित रूपमा बैठक बसेर सन्दर्भ ब्याजदरको विषयमा छलफल गर्ने निर्णय भएको समितिका सदस्य समेत रहेकी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन् । ‘बजारको अवस्थामा आधारमा सन्दर्भ ब्याजदर नहुँदा अहिले समस्या भयो,’ उनले भनिन्, ‘अब बजारमा ब्याजदर बढ्दै गएमा तत्काल बैठकपछि निर्णय गर्ने समेत सहमति भएको छ ।’ सहकारी ऐन २०७४ को दफा ५१ तथा सहकारी नियमावली २०७५ को परिच्छेद ५(२३)ले सहकारी विभागले सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था छ । ब्याजदर निर्धारण समितिको संयोजकमा रजिष्ट्रार रहने व्यवस्था छ । समितिका सदस्यहरूमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, सहकारी विकास बोर्डका प्रतिनिधिका साथै महासंघका वरिष्ठ उपाध्यक्ष मल्ल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्याल, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक सदस्य छन् । सहकारी ऐन २०७४ अनुसार समितिको सिफारिशमा रजिष्ट्रारले सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था छ । समितिले वाणिज्य बैंकको औसत ब्याजदर, बचत तथा ऋण सहकारीहरूको औसत ब्याजदर, सहकारी बैंकको औसत ब्याजदरका साथै ब्याजदरबारे सरकार र नेपाल राष्ट्र बैंकको नीति र सहकारी महासंघको सुझावका आधारमा ब्याजदर निर्धारण गर्न सक्ने प्रावधान छ ।

ब्याजदर वृद्धिमा अर्थमन्त्री असन्तुष्ट

बैंक तथा वित्तीय संस्थाहरुले फागुन महिनाका लागि निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर तोकेसँगै अर्थमन्त्री जनार्दन शर्मा असन्तुष्ट बनेका छन् । अहिलेको चरम आर्थिक संकटकाबीच पनि बैंकहरुले आफूखुशी ब्याजदर वृद्धि गरेको भन्दै अर्थमन्त्री असन्तुष्ट बनेका हुन् ।सोही असन्तुष्टि सोमबार बसेको राष्ट्रिय सहकारी महासंघ सहितको टोलीसँगको छलफलमा अर्थमन्त्री शर्माले पोखेका छन् । यसबारेमा छिट्टै राष्ट्र बैंक र वित्तीय संस्थाका प्रतिनिधिहरुलाई बोलाएर आफूले छलफल गर्ने मन्त्री शर्माले बताएका छन् ।फागुन महिनाका लागि