पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव मंसिरसम्म सार्ने प्रस्ताव गरेका छन् ।
उनले मंगलवार ट्वीटरमा एक स्टाटस लेख्दै संसद र प्रदेशसभाबाट प्रस्ताव पारित गरेर चुनाव मंसिरमा सार्ने र मंसिरसम्म सबै चुनाव सक्नेगरी अगाडि बढ्नुपर्ने बताएका हुन् ।
उनले थला परेको अर्थतन्त्र र लोकतन्त्रलाई ध्यान दिएर मंसिरमा चुनाव गर्नु उपयुक्त हुने बताए ।
यसअघि उनले कानून संशोधन गरेर संविधान र कानूनको विरोधाभास मेटाउनुपर्ने , ५ वर्ष पुगेका पालिकालाई ६ महिना कामचलाउ अध...