लम्पी स्किनको क्षति  १५ लाख ३६ हजार पशु संक्रमित, ६५ हजारभन्दा धेरैको मृत्यु

काठमाडौं । गाईभैंसीमा लाग्ने लम्पी स्किन रोगबाट हालसम्म १५ लाख ३६ हजार १८० पशु संक्रमित भएको र ६५ हजार ४४१ मरेको पशु सेवा विभागले जानकारी दिएको छ । संक्रमित पशुमध्ये ९४ दशमलव ६२ प्रतिशतलाई निको भएको छ । पशुचौपायामा महामारीको रुपमा फैलिएको लम्पी स्किनबाट हालसम्म भएको आर्थिक क्षतिको यकीन विवरण आउन बाँकी रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ पशुचिकित्सक डा. तपेन्द्रप्रसाद बोहोराले बताए । उनका अनुसार आर्थिक क्षतिबारे नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को आर्थिक विश्लेषण शाखाले अध्ययन गरिरहेको छ ।  उक्त शाखामा रहेर काम गरिरहेका नेपाल पशुचिकित्सा परिषद्का प्रवक्ता डा. मनोजकुमार शाहीले आर्थिक क्षतिको अध्ययन भर्खरै शुरू भएको बताए । शुरुआती अध्ययनअनुसार एउटा पशु लम्पी स्किन संक्रमित हुँदा करीब ४९ हजार ७३५ रुपैयाँ जति क्षति भएको हुनसक्ने अनुमान गरिएको उनले बताए । लम्पी स्किनबाट हालसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा क्षति भएको छ । गण्डकी प्रदेशमा सबैभन्दा कम क्षति भएको तथ्यांकले देखाएको छ । सुदूरपश्चिममा संक्रमित ३ लाख ४६ हजार ८०० मध्ये १४ हजार ३९० पशुको मृत्यु भएको छ । संक्रमित पशु निको हुनेमा पनि सुदूरपश्चिम सबैभन्दा अगाडि छ । गण्डकी प्रदेशमा संक्रमित ६९ हजार ८४१ पशुचौपायामध्ये ३ हजार २४७ को मृत्यु भएको छ । एक प्रकारको भाइरसबाट लाग्ने यस रोगको हालसम्म ठ्याक्कै उपचार विधि नभए पनि खोपको माध्ययमबाट यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ । नेपालमा हालसम्म संक्रमित १५ लाख ३६ हजार पशुचौपायामध्ये १० लाख ५३ हजार ५०० लाई खोप लगाइएको छ । सरकारले विभिन्न स्थानीय निकायमार्फत टोली खटाएर खोप लगाउने, किसानलाई परामर्श दिने र रोग नियन्त्रणका उपाय सिकाउने काम गरेको छ । एकपटक रोगबाट संक्रमित भइसकेपछि उक्त पशु चौपायमा पुन: संक्रमण हुने खतरा निकै कम भएकाले यस वर्ष बढी संक्रमण भएका ठाउँमा अर्को वर्ष संक्रमण कम फैलिने अनुमान गरिएको पशुचिकित्सक बताउँछन् ।  लम्पी स्किनको भाइरसले जाडोभन्दा गर्मी मौसममा पशुचौपायालाई बढी आक्रमण गर्ने हुँदा सरकारले आगामी वर्ष यसको क्षति न्यूनीकरणको रोडम्याप तयार गरिहरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेलले बताए । उनका अनुसार रोडम्याप तयारीका लागि मन्त्रालयले इथियोपियास्थित इन्टरनेसनल लाइभस्टक रिसर्च इन्स्टिच्युटसँग मिलेर आगामी वर्ष नेपालमा लम्पी स्किन रोगबाट हुन सक्ने क्षति कसरी कम गर्न सकिन्छ भन्नेमा छलफल गरिरहेको छ । त्यसका लागि उक्त संस्थाका अनुसन्धानकर्ता र पशुचिकित्सक नेपाल आएका छन् । उनीहरूसँग नेपालमै लम्पी स्किनको खोप विकास गर्न सकिने सम्भावनाबारे पनि छलफल गरिने मन्त्रालयले जानकारी दिएको छ ।  

सम्बन्धित सामग्री

करीब १४ लाख लम्पी स्किन रोगी पशु निको

काठमाडौं। लम्पी स्किन रोगको भाइरसबाट संक्रमितमध्ये करीब १४ लाख पशु निको भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतवार कृषिमन्त्री डा. वेदुराम भुसालको ५ महीनाको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्म १३ लाख ९३ हजार ५ सय ९५ पशु पूर्ण रूपमा निको भएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार हालसम्म १५ लाख १९ हजार ७७९ पशु संक्रमित भएका छन् । रोगले महामारीको रूप लिएपछि मन्त्रालयले जोर्डन, तान्जानिया र टर्कीबाट १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात गरी ९ लाख १९ हजार ४१६ पशुलाई लगाएको थियो । रोगको अवस्था सामान्य भएका पशु सामान्य उपचारबाट निको भएको मन्त्रालयको भनाइ छ । रोग लागेका पशुलाई भ्याक्सिन दिन नमिल्ने भएकोले उपचार जटिल भएको पनि मन्त्रालयले जानकारी दियो । पत्रकार सम्मेलनमा मन्त्री भुसालले उपचारपछि निको हुने पशुको संख्या बढ्दै गएकाले संक्रमण थप फैलिने सम्भावना नरहेको बताए ।  अहिले पनि ७३ हजार ६३६ पशु बिरामी अवस्थामा छन् । लम्पी स्किनबाट हालसम्ममा ५२ हजार ५४८ पशु मरेका छन् । मन्त्री भुसालका अनुसार लम्पी स्किनबाट पशु गुमाएका किसानलाई राहत उपलब्ध गराउने कार्यमा केही ढिलाइ भएको छ । ‘यद्यपि अहिले राहत उपलब्ध गराउने मापदण्ड २०८० तयार गरी सहमतिका लागि गृह र अर्थ मन्त्रालय पठाइएको छ । स्वदेशमै यस रोगको खोप उत्पादन गर्न छिमेकी मुलुकबाट सिड भाइरस ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको छ,’ उनले भने । रोग नियन्त्रणका लागि पशुसेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरी परिचालन गरिएको पनि मन्त्री भुसालले जानकारी दिए । विभाग र मातहतका कार्यालयमा कार्यरत सहसचिवहरूको नेतृत्वमा सातै प्रदेशमा औषधिसहित टोली खटाइएको छ । यस वर्ष १० वर्षयताकै सबैभन्दा बढी रासायनिक मल आयात भएकोले किसानले अभाव झेल्नु नपरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । चालू आर्थिक वर्षमा मल खरीदका लागि ३० अर्ब रुपैयाँ बजेट सुनिश्चितता गरिएको छ । मल कारखाना खोल्ने सम्बन्धमा अध्ययन गर्न लगानी बोर्डमार्फत दुई कम्पनीलाई अनुमति दिइएको छ ।

लम्पी स्किनबाट दार्चुलामा मात्रै ५३ हजार बढी पशु संक्रमित

दार्चुलामा लम्पी स्किन रोगबाट ५३ हजार भन्दा बढी पशु संक्रमित भएका छन् ।

लम्पी स्किनबाट दार्चुलामा मात्रै ५३ हजार बढी पशु संक्रमित

दार्चुलामा लम्पी स्किन रोगबाट ५३ हजार भन्दा बढी पशु संक्रमित भएका छन् ।

लम्पी स्किन नियन्त्रणमा अन्योलता

नेपालमा घातक लम्पी स्किन भाइरस रोग पहिलोपटक २०७७ असारमा मोरङको सुन्दरहरैंचा नगरपालिकाका गाईमा देखिएको थियो । रोग देखिएका सुरुका दुई वर्षमा १६ जिल्लाका २९ पालिकामा यो रोग फैलियो । दुई वर्षमा ३ हजार ३ सय १ पशु संक्रमित भई १३ वटा पशु मरे । त्यसपछि २०७९ चैतमा फेरि रोग संक्रमण देखिएको हो । अहिले यस रोग महामारीकै रूपमा फैलिएको […] The post लम्पी स्किन नियन्त्रणमा अन्योलता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लम्पी स्किन महामारीका कारण चाँगुनारायणमा ८० प्रतिशत पशु संक्रमित

गाई भैँसीमा फैलिएको लम्पी स्किन महामारीका कारण भक्तपुरको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई संक्रमित भएका छन्।...

खोप उपलब्ध नहुँदा लम्पी स्किनबाट धमाधम मर्दै पशुचौपाया

बैतडी : बैतडीमा लम्पी स्कीन रोग नियन्त्रणबाहिर गए पनि पर्याप्त खोप छैन। यो रोग नियन्त्रणबाहिर गए पनि जिल्लामा हालसम्म खोप उपलब्ध हुन नसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशुविकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डाक्टर विशाल पाठकले जानकारी दिए। महामारीका रुपमा फैलिएको यो रोगबाट हालसम्म ६४ हजार १९७  घरपालुवा पशु संक्रमित छन्। रोगका कारण  नौ हजार २९८ पशुचौपाया मरिसकेका डाक्टर पाठकले बताए।  लम्पी स्कीनका कारण बाच्छाबाच्छी,गाई,गोरु र भैसी बढी प्रभावित भएका

लमजुङमा लम्पी स्किनबाट ३५ पशुचौपाया मरे, एक हजार बढी संक्रमित

लमजुङका पशुचौपायामा छालाको रोग लम्पी स्किन देखिन थालेपछि किसानहरु चिन्तित बनेका छन्। छालाको रोगबाट जिल्लाभर ३५ वटा पशु चौपाया मरिसकेका छन् भने एक हजार एक सय बढी पशु संक्रमित भएका...

हिमाल उक्लियो लम्पी स्किन

ललितपुर : गर्मीयाम सुरु भएलगत्तै देशभर लम्पी स्किन रोगको प्रकोप फैलिएको छ। लामखुट्टे, भुसुना, किर्ना र टोक्ने  झिंँगाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ। पशु सेवा विकासका सूचना अधिकारी डा. चन्द्र ढकालले पछिल्लो समय हिमाली जिल्लाबाट लम्पी स्किन रोगका कारण पशु संक्रमित भएको सूचना आएको जानकारी दिए। नेपालमा हालसम्म करिब पाँच लाख पशु लम्पी स्किन रोगबाट संक्रमित भएको र करिब छ हजार पशु मरेको सूचना अधिकारी ढकालले जानकारी