हेलम्बु गाउँपालिका-१ मा बुहारीको कुटाइबाट ससुराको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा बुहारीको कुटाइबाट गम्भीर घाइते भएका ससुराको उपचारको क्रममा मृत्यु भएको हो । ज्यान गुमाउनेमा हेलम्बुको माथिल्लो भेग गाउँपालिका-१ गोवागाङ गाउँका ८० वर्षीय कामीढिण्डु लामा रहेका छन् । बुहारी २३ वर्षीया रिता तामाङले आइतबार विवादका क्रममा काठको चिर्पटले प्रहार गर्दा लामा घाइते भएका थिए ।टाउकोसहित शरीरभरी चोट लागेपछि उनलाई तत्काल उपचारका लागि स्थानीय खार्चुङ सामुदायिक स्वास्थ्य चौकीमा लगिएको थियो । प्रहरीले आज