गाउँपालिका उपाध्यक्षका ससुराको निधनमा सरकारी बिदा !

तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिकाले पालिका उपाध्यक्षका ससुराको मृत्यु हुँदा गाउँभरिका शैक्षिक संस्था एवं सरकारी कार्यालयहरु एक दिनका बन्द गर्ने निर्णय गरेको छ । पालिका उपाध्यक्षका ससुराको निधन भएकाले एक दिनका लागि शोक विदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जनाएका छन् ।पालिका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुराबुबा कृष्णप्रसाद गौतमको विहीबार राति ११ : ४० मा निधन भएको थियो । गाउँपालिकाले शुक्रबार बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘यस शोकको घडीमा मृत आत्