काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्थाको विकल्प नभएको बताएको छ। राप्रपाको जारी एकता महधिवेशनमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा राजसंस्था पुनःस्थापना नभएसम्म यथास्थितिमा राष्ट्रको हित नहुने प्रष्ट पारेका छन्। अध्यक्ष थापाले बैठकमा पेश गरेको प्रस्तावमा भनिएको छ, ‘नेपालको राजनीति अहिले दोसाँधमा खडा भएको छ। परिवर्तनको नाममा अवलम्बन गरिएको धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतालाई निरन्तरता दिएर देशलाई थप वर्वादीको दिशातर्फ धकेल्ने वा गत १५ वर्षको अ