काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको विवादमा आधिकारिकता कुन पक्षले पाउछ भन्ने बहस र छलफल भइरहेको बेला सरकारले निर्वाचन आयोगमा कार्यरत राजनीतिक दल तथा कानुन महाशाखा प्रमुखलाई नै सरुवा गरेको छ । आयोगका राजनीतिक दल तथा कानुन महाशाखा प्रमुख लक्ष्मीप्रसाद गौतमलाई सरकारले नयाँ बानेश्वरमा रहेको कानुन आयोगमा पुर्याएको छ ।