काठमाडौँ : प्रधान सेनापति प्रभुराम शर्माले विद्यमान कानून नसच्याएसम्म निर्धारित समयमा काठमाडौँ–तराई/मधेश द्रुतमार्ग बनाउन नसकिने बताएका छन्।बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधान सेनापति शर्माले कानूनी उल्झनका कारण काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक निर्माण अघि बढाउन नसकिएको बताएका हुन्। उनले कानूनी प्रक्रियाका कारण ४ वटा रुख काट्न ९ महिनासम्म लाग्ने गरेको उदाहरण दिँदै यही कानूनी व्यवस्था रहिरहेमा २०८३ सालसम्ममा द्रुतमार्ग निर्माण भइनसक्ने