भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ५ वर्षपछि आफ्नी आमासँग भेट गरेका छन्। भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा पाँच वर्ष सत्ता चलाएका उनले दोस्रो कार्यकाल सम्हालेपछि आमासँग भेट गर्न पुगेका हुन्। योगी मंगलबार आफ्नो पैतृक गाउँ पुगेका थिए। उनी हाल उत्तराखण्डको तीन दिने भ्रमणमा छन्। उनी आउने थाहा पाएपछि गाउँमा उत्सवको वातावरण बनेको थियो। […]