काठमाडौं – पिनास नाकसँग सम्बन्धित रोग हो। नाकमा हुने साना प्वाल अर्थात् साइनसको भित्री मार्गमा रोकावट आउनु, हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनस भित्रका फोहोर बाहिर आउन नसकेको अवस्थालाई पिनास भएको मानिन्छ। यसको समयमै उपचार गरिएन भने दिमाग र आँखा सम्बन्धी जटिल किसिमका समस्या निम्तिने जोखिम हुने चिकित्सक बताउँछन्। पिनास कस्तो रोग हो ? […]
काठमाडौं : चिसो मौसममा अस्पताल पुग्नेमध्ये धेरैमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन्छ। यसमध्ये पनि बालबालिका र वृद्धवृद्धालाई धेरै सताउने स्वास्थ्य समस्यामध्ये एक हो, ‘निमोनिया’।चिसोका कारण धेरैमा रुघाखोकी तथा घाँटीको समस्या देखिन्छ। तर रुघाखोकीलाई सामान्य मानेर समयमा उपचार नगर्दा निमोनिया हुन सक्छ। के हो निमोनिया? यसबाट बच्न के उपाय अपनाउनु पर्छ? यिनै विषयमा केन्द्रित रहेर वरिष्ठ छातीरोग विशेषज्ञ डा. नवीनप्रकाश शाहसँग गरिएको कुराकानी-नि
विस्तारै विस्तारै जाडो सुरु हुँदै छ । जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रुघाखोकी हो । नाकबाट पानी बग्ने समस्या पनि बालबालिकामा धेरै यो मौसममा देखिने गरेको छ । जाडो मौसममा बालबालिकामा निमोनियाको समस्या बढी हुन्छ भन्ने गरिन्छ । बालबालिकामा जाडो मौसममा लाग्ने मौसमी रुघा–खोकीको समयमा राम्रोसँग उपचार नगर्दा निमोनिया हुने गर्छ […]
काठमाडौं – शरीरको जति महत्त्व रहेको छ त्यति नै दाँतको पनि रहेको छ । दाँत संवेदनशील अङ्ग हो । यसले सौन्दर्य झल्काउनेदेखि लिएर दैनिक रूपमा खाएको खानालाई राम्ररी चपाएर पचाउन मद्धत गर्दछ । दाँतले हाम्रो शरीर स्वस्थवर्धक बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । दाँतलाई राम्रोसँग हेरचाह नगर्दा धेरै समस्या निम्ति गरेका छन् । यसै विषयमा […]
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । ललितपुरको किष्ट अस्पतालमा उनको उपचार जारी रहेको हो । असोज ६ गतेदेखि सोही अस्पतालमा उपचाररत जोशीमा डेंगु संक्रमण पुष्टि भएको थियो । विभिन्न रोगबाट समेत ग्रसित उनलाई हाल डेंगुले गलाएको र खाना खान मन नगर्दा समस्या भएको अस्पतालका अधिकारी अमिस पाठकले रातोपाटीलाई जानकारी दिए । पछिल्लो ३–४ दिनदेखि उनलाई खानामा बिल्कुलै अरुचि हुने तथा खुलेर संवाद गर्न नसक्ने भएको पाठकको भनाइ छ । अस्पतालका निर्देशक प्राडा सुरज ब
सामान्य लक्षणमा उपचार नगर्दा कलेजोको दीर्घरोग हुने गरेको चिकित्सकले बताएका छन् । सुरुआती चरणका लक्षणलाई बेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उनीहरुको भनाइ छ । भरतपुर अस्पतालका हेपाटोलोजिष्ट डा रुपेश श्रेष्ठले कलेजो रोगका सामान्य लक्षण देखिने वित्तिकै उपचार गर्ने हो भने गम्भीर समस्या आउनबाट रोक्न सकिने बताए । ठूलो समस्या आइसकेपछि मात्रै उपचार गर्न आउँने हुँदा समय, खर्च र दुःख बढी हुने गरेको उनको भनाइ छ । नेपालमा कलेजो रोगको विषयको ज्ञान भएका कमै चिकित्सक रहेका छन् । यसै विष
सुरुसुरुमा सामान्य त हो नि भनेर समयमै उपचार नगर्दा पछि जटिल समस्या निम्तिन्छ। आँखाका विभिन्न समस्यामध्ये एउटा हो, ‘स्टाइ’ अर्थात् बोलिचालीको भाषामा ‘आनो’, जुन ‘स्टेफिलोकोकस ब्याक्टेरिया’को संक्रमणका कारण हुन्छ।
सर्लाही । सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा आइसियु र भेन्टिलेटरलाई मर्मत नगर्दा उपचारका लागि आएका बिरामीहरू समस्यामा परेका छन् । गत वर्षदेखि अक्सिजन लिक हुने समस्या देखिएपछि आइसियु र भेन्टिलेटर थन्क्याएर राखिएको हो । वर्षायाम सुरु भएसँगै सर्पदंशका बिरामीहरू बढे पनि राम्रो उपचारको व्यवस्था हुन सकेको छैन । यस वर्ष मात्र सर्लाहीमा सर्पले टोकेर १ […]