गोरखामा काठे पुलबाट खसेर एकजना बेपत्ता

गोरखाको चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित ठाडो खोलामा रहेको काठको पुलबाट खसेर एक जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार दिदीलाई घरबाट लिएर फर्कंदै गर्दा सोही गाउँपालिकाका ३० वर्षीय विजय गुरुङ अचानक पुलबाट खोलामा खसेर बेपत्ता भएका हुन् ।साउन १ गते राति करीब १ बजेको समयमा पुलबाट खसेका गुरुङको जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीद्वारा खोजी भइरहेको छ । त्यसैगरी अविरल वर्षासँगै गएको पहिराले आज बिहान बागलुङ नगरपालिका–३ हाँडेपाखामा एउटा पिकअप जिपलाई क्षति

सम्बन्धित सामग्री

धराप जस्तो काठे पुल

सदरमुकाम खलंगादेखि पातारासी गाउँपालिका–२ तल्फीगाउँतिर जाँदै गरेको मोटरसाइकल लुमस्थित काठको पुलबाट खस्दा बेपत्ता भएका हरिकृष्ण बुढा अहिलेसम्म भेटिएका छैनन् । बुधबार बिहानै क १ प १८२० नम्बरको मोटरसाइकल काठको पुलबाट जवा नदीमा खसेको थियो । अत्यधिक वर्षाका कारण नदी बढेकोले खोजीकार्यमा समस्या देखिएको प्रहरीले जनाएको छ ।

जुम्लामा नदी तर्ने क्रममा काठे पुलबाट खसेर मोटरसाइकल चालक बेपत्ता

जुम्लामा नदी तर्ने क्रममा मोटरसाइकल चालक बेपत्ता भएका छन् । जुम्लाको पातारासी गाउँपालिका–४ मा रहेको लुमस्थित जवा नदीको काठे पुल तर्ने क्रममा खसेर मोटरसाइकल चालक सोही गाउँपालिका–७ रिनी निवासी २८ वर्षीय हरिकृष्ण बुढा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताए।

बाजुरामा काठे पुल भाँचिदा युवक बेपत्ता

७ भदौं, धनगढी । बाजुरामा काठे पुल भाँचिदा एक युवक बेपत्ता भएका छन् । जिल्लाको बूढीनन्दा नगरपालिका–३ लौठारुख का २७ वर्षीय गंग लुहार घोडाकोट खोलामा रहेको काठे पुल भाँचिदा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । काठेपुलबाट भैंसी र पाडो तार्ने क्रममा अचानक भाँचिन गई भैंसी र पाडोसहित गंग पनि खोलामा खसेका प्रहरीको भनाइ छ […]

घोडा चराएर घर फर्कँदा पुलबाट खसेर बेपत्ता

१३ भदौ, गोरखा । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–१ सामागाउँको खङ्सारस्थित घ्याल्बो खोलामा काठे पुल तर्ने क्रममा लडेर एक व्यक्ति बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही ठाउँका स्थानीय ३२ बर्षका धावा रेतर लामा रहेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो करिव चार बजे ग्याला लेकमा घोडा चराएर घर फर्कने क्रममा काठेपुल तर्दै गर्दा उनी […]

बूढीगण्डकी तर्ने क्रममा एक बालक बेपत्ता

गोरखा । चुमनुब्री गाउँपालिका–५ बिही, बुरका एक बालक काठेपुलबाट बूढीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन् । घटनास्थल गोरखा सदरमुकामबाट टाढा भएकाले शुक्रबार भएको घटनाबारे ढिलो जानकारी प्राप्त भएको हो । सो दिन बिहान करीब १०ः ३० बजे गाउँपालिका–४ प्रोकस्थित पानीघट्टमा जाने क्रममा बूढीगण्डकीमाथिको काठे पुल तर्दै गर्दा १२ वर्षीय पेमा याल्बो लामा पुलबाट नदीमा खसेर बेपत्ता भएका हुन् ।   बूढीगण्डकीमाथि दुई मुढा तेस्र्याएर बनाइएको पुल तर्ने क्रममा बालक एक्कासि नदीमा खसेको बुबा म

बूढीगण्डकी तर्ने क्रममा एक बालक बेपत्ता

गोरखा । चुमनुब्री गाउँपालिका–५ बिही, बुरका एक बालक काठेपुलबाट बूढीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन् । घटनास्थल गोरखा सदरमुकामबाट टाढा भएकाले शुक्रबार भएको घटनाबारे ढिलो जानकारी प्राप्त भएको हो । सो दिन बिहान करीब १०ः ३० बजे गाउँपालिका–४ प्रोकस्थित पानीघट्टमा जाने क्रममा बूढीगण्डकीमाथिको काठे पुल तर्दै ...

काठेपुल भत्केर बेपत्ता भएका दुई बालिकाको शव भेटियो

बझाङ – शुक्रबार विद्यालयबाट घर फर्कने क्रममा बाउली खोलामा रहेको काठे पुल भत्केर बेपत्ता भएका दुई बालिकाको शव भेटिएको छ ।  सुर्मा गाँउपालिका –२, कि ८ वर्षीया रिनु बोहरा र  १४ वर्षीया विमला बोहराको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  आधाबगर माविमा पढ्दे रिनु र विमला शुक्रबार वि...

खोला तर्ने क्रममा काठे पुल भाँचिदा तीन किशोर खोलामा वगे

बझाङ । बझाङ काँडामा शनिवार विहान खोलाले बगाएर तीन जना किशोर बेपत्ता भएका छन् । काँडा गाँउपालीका  २ मा रहेको धाँटखोलामा तर्ने क्रममा काठे पुल भाँचिएर काँडा गाँउपालिका २ धलौनका तीन जना बेपत्ता भएका हुन् ।

काठे पुल भाँच्चिएर ३ जना नदिमा बेपत्ता

बझाङको काँडा गाउँपालिकाका तीन किशोर काठे साँगु तर्दैगर्दा साँगु झाँच्चिएपछि खोलामा वेपत्ता भएका छन् । शनिबार साँझ धलौनबाट