कञ्चनपुरको महाकालीपारिको दोधारा चाँदनी नगरपालिकाको पहिलो कार्यपालिका बैठकले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने र वडा वडामा घुम्ती अल्ट्रासाउन्ड सेवा पनि सुचारु गर्ने निर्णय भएको छ । जनप्रतिनिधिहरू निर्वाचित भएपछि जेठ १३ मा पहिलो कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।