काठमाडौँ- नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ११ जनाको आवेदन परेको छ। अध्यक्ष पदका लागि आवेदन दिने अन्तिम म्याद बिहीबारसम्म थियो। अध्यक्ष पदका लागि अनिल पौडेल, निरज गिरी, नवराज अधिकारी, सीताराम थपलिया, कृष्णप्रसाद आचार्य र गोपाल भट्टलगायत ११ जनाको आवेदन परेको बोर्ड कार्यालयले जानकारी दिएको हो।