जल उत्पन्न डिभिजन कार्यालय प्रमुख झालाई तीन वर्ष कैद हुने

विशेष अदालतले बारास्थित जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. ३ का तत्कालीन प्रमुख हीरानन्द झालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ ।  विशेषले उनलाई ३ वैशाखमा दोषी...

सम्बन्धित सामग्री

यातायात कार्यालय कोशीका तत्कालीन प्रमुखसहित पाँचजना कारागार चलान

काठमाडौँ- यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुखसहित पाँच जना कारागार चलान भएका छन् । राजस्व हिनामिना मुद्दामा विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालीन प्रमुख नयराज नेपालसहित पाँच जना मंगलबार कारागार चलान भएका हुन् । फैसलापछि फरार भएका तत्कालीन कार्यालय प्रमुख नेपाल, लेखापाल मणिराज दाहाल, कुमारबहाद...

सवारीचालक अनुमतिपत्रमा अनियमितता

विशेष अदालतले सवारीचालक अनुमतिपत्रको परिणाम फेरबदल र राजस्व चुहावट मुद्दामा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्दकेशरी पोखरेल, प्रहरी नायब उपरीक्षक नवराज थापा, प्रहरी निरीक्षक मुरारी मिश्रसहितलाई दोषी ठहर गर्दै कैद र...

बेँसीसहर–चामे सडकमा सधैं सास्ती

मनाङ । मनाङमा चिसो सिरेटोसँगै हिमालको नजिकबाट निस्किएको घामको झुल्को हेर्न पर्यटक आउने गर्दछन् । यस याममा आन्तरिक तथा बाह्य पर्यटक जिल्ला भित्रिन्छन् । तर सडकको दुरवस्थाले उनीहरूले सास्ती खेप्नुपरेको छ । जिल्लाबाट देखिने पिसाङ, गंगापूर्ण र तिलिचो हिमालको तस्विर कैद गर्न जति सजिलो छ, त्यहाँसम्म पुग्न भने निकै अप्ठ्यारो सडक छिचोल्नु पर्दछ । सडक खण्डअन्तर्गत लमजुङको च्याम्चे, मनाङको म्यादीभिर, खोत्रो, बगरछाप, तिमाङ उकालोमा सहजै गाडी चढ्दैन । बेँसीसहरदेखि करिब २२ किलोमिटरमा पर्ने उक्त ठाउँमा ढलान गरिएको छ । ढलान कट्नेबित्तिकै ढुंगामाटोले भरिएको उकालोमा सहजै सवारीसाधन अघि नबढ्दा कतिपय हिँडेर जान बाध्य भएको स्थानीय जनप्रतिनिधि सुमन गुरुङले बताए । ‘यही ठाउँबाट बाटो लैजानुपर्ने बाध्यता हो । सीधै बाटो लैजान बस्ती उठाउनुपर्छ,’ उनले भने । ती अस्थायी संरचना पार गर्न सवारीसाधन, चालक र यात्रुलाई कठिनाइ भोग्नुपरेको छ । सडकमा सबैभन्दा बढी क्षति पुगेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार यातायात जसोतसो चलिरहेको छ । तर स्थायी रूपमा सञ्चालन गर्न अहिलेको तत्कालीन सडकभन्दा अर्को विकल्प खोज्नुपर्ने देखिएको छ । बेँसीसहरदेखि मनाङसम्म ६५ किलोमिटरमध्ये लमजुङ खण्डको म्यादीसम्म ३५ किलोमिटर छ । लमजुङ खण्डको स्याँगे, काप्रेभिर, अर्खलेबेँसीलगायत क्षेत्रमा बाढीपहिरोले कठिन सडकको रूपमा पहिचान बनाएको छ । मनाङ खण्डको ३० किलोमिटरअन्तर्गत सिरानताल, निगालो घारी, खोत्रो, धारापानी, बगरछाप, तिमाङ उकालो, तिमाङखोला, कोतो क्षेत्रमा सवारीसाधन सहजै पास गर्न सक्ने अवस्थामा छैन । मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काले जसोतसो हिमाली जिल्ला मनाङसम्म सवारी सञ्चालन भए पनि सहज भने नरहेको बताए । ‘अप्ठ्यारो सडकका कारण कतिपय सवारीसाधनले बीच बाटोमै अड्किनुपर्ने अवस्था छ,’ उनले भने । वर्षायाममा बाढीपहिरोले बन्द माथिल्लो मनाङ जाने सडक भने चट्टान फोडेर निर्माण गरिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङभिर र भ्राताङदेखि तलेखुबीचको भीरमा बम विष्फोट गरी अस्थायी सडक बनाइएको छ । बेँसीसहर–चामे सडकको मनाङ खण्ड भने डुम्रे–बेँसीसहर–चामे सडक योजनाअन्तर्गत निर्माण गरिएको छ । बाढीपहिरोले क्षति पुर्‍याएको करिब १५ किलोमिटर सडकको मर्मत गरिएको योजनाका कार्यालय प्रमुख इन्जिनीयर अच्युतविलास पन्तले बताए । बेँसीसहर–चामे सडक मनाङको मेरुदण्ड हो । चक्रीय अन्नपूर्ण पदमार्गको ठाउँठाउँमा अवरोध भएपछि पर्यटक यही बाटो हिँड्ने गरेका छन्न् । यो सडकबाहेक अन्त कतैबाट पनि मनाङ आउने जाने बाटो छैन । ‘यो पर्यटकीय सिजन भएकाले स्वदेशी तथा विदेशी पर्यटक आगमन बढेको छ,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले भने, ‘पदमार्ग नहुँदा मोटरबाटो हुँदै पर्यटक आउन बाध्य हुनुभएको छ ।’ प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बाढीपहिराले बगाएको बाटो खुलाउन सफल भए पनि पूर्णरूपमा सहजता कायम गर्न भने नसकिएको बताए । रासस

सर्वोत्तम स्टीलमा विस्फोट प्रकरण : भवितव्य कि सुरक्षामा लापरबाही ?

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२८ मनियारीस्थित सर्वोत्तम स्टीलमा पाँच जना कामदारको ज्यान जाने गरी भएको भट्टी विस्फोटको घटनालाई भवितव्य भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छैन । गत भदौ १० गते उद्योगको कवाडी पगाल्ने भट्टीमा विस्फोट हुँदा त्यहाँका १५ कामदार घाइते भएकामा तीमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको थियो । ज्यान गुमाउने सबै भारतीय नागरिक भएको र कामदार आपूर्ति गर्ने ठेकेदारले नै क्षतिपूर्तिको प्रक्रिया अघि बढाएको भन्दै प्रहरीले अनुसन्धान अघि नबढाएको हो । प्रहरीले घटनालगत्तै घटनास्थलको मुचुल्का उठाएको थियो । त्यसक्रममा उद्योगले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा  लापरबाही गरेको भेटिएको थियो । उद्योगमा व्यवसायजन्य सुरक्षा मापदण्डको पालनामा  लापरबाही देखिएको प्रहरीले बताएको छ । तर, कतैबाट उजुरी नआएको भन्दै प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छैन । घटनास्थलको स्थलगत निरीक्षण गर्दा व्यवसायजन्य सुरक्षा पालना नगरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । उद्योगमा भट्टी परीक्षणका क्रममा विस्फोट भएको प्रहरीको बुझाइ छ । ‘परीक्षण गर्दा घटना भएको देखिन्छ । सुरक्षा मापदण्डअनुसार त्यो भट्टी क्षेत्रमा कामदार राख्न मिल्दैनथ्यो । यसमा गल्ती देखिन्छ,’ पाण्डेले आर्थिक अभियानसित भने । ठेकेदारले कामदार आपूर्ति गरेको र त्यसको सम्पूर्ण जिम्मेवारी ठेकेदारले स्वीकार गरेको सम्झौता उद्योग व्यवस्थापनले पेश गरेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए । तर, श्रम ऐन २०७४ को दफा ६८ ले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी दायित्व रोजगारदाताको हुने व्यवस्था गरेको छ । दफा १६४ (२) मा जानीजानी वा  लापरबाही गरी प्रावधान उल्लंघन गरेका कारण कसैको ज्यान गएमा वा अंगभंग भएमा प्रचलित कानूनमा कुनै सजाय भएमा सोहीबमोजिम र नभएमा २ वर्षसम्म कैद र उचित क्षतिपूर्ति तिराउने प्रावधान छ । घटनालगत्तै मुचुल्का उठाउन गएको प्रहरीले कवाडी फलाम गलाउने उद्योगको भट्टीमा ग्यास सिलिन्डर हालिएको र सोही सिलिन्डर पड्किएर घटना भएको फेला पारेको थियो । उद्योग परिसरमा ग्यासका पुराना सिलिन्डर यत्रतत्र छरिएको र त्यस्ता सिलिण्डर सोझै भट्टीमा हाल्ने गरेको पाइएको एक प्रहरी अधिकृतले बताए । घटनालाई सामसुम बनाउन राजनीतिक दबाब आएको पनि ती अधिकृतले खुलासा गरे । उद्योगमा कुनै प्रकारको दुर्घटना भए तत्कालै श्रम तथा रोजगार कार्यालयलाई जानकारी दिनुपर्नेमा उद्योगले यसमा पनि  लापरबाही गरेको भेटिएको छ । उद्योगले अहिलेसम्म यस्तो जानकारी नदिएको कार्यालय प्रमुख जितेन्द्र शर्माले बताए । ‘दुर्घटनालगत्तै जानकारी दिनुपर्ने भए पनि उद्योगले घटनाबारे अनौपचारिक जानकारी दिएको छैन,’ शर्माले भने । बारा–पर्साका औद्योगिक प्रतिष्ठानमा व्यवसायजन्य सुरक्षाको कार्यान्वयन कमजोर रहेको उनले बताए । ‘अधिकांश उद्योगले सुरक्षाका उपाय अपनाएका छैनन् । स्टील उद्योगमा यसको कार्यान्वयन अझ दयनीय छ,’ शर्माको भनाइ छ । उद्योगका सञ्चालक राजेश अग्रवालसित बुझ्न खोज्दा यसबारेमा कुरा गर्न चाहेनन् । ‘म अहिले बाहिर छु । यसबारेमा पछि कुरा गराैंला,’ अग्रवालले भने । अहिले घटनाबारे थप प्रक्रिया अघि नबढाइए पनि २ वर्षभित्र कुनै पनि प्रकारको नयाँ तथ्य फेला परेमा कारबाही अघि बढ्ने प्रहरी उपरीक्षक पाण्डेले बताए । पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमरे यो घटनालाई भवितव्य औद्योगिक दुर्घटना मान्छन् । मृतक सबै भारतीय रहेको, उनीहरूको मृत्यु र अन्त्येष्टिसमेत भारतमै भइसकेकाले थप प्रक्रिया अघि नबढेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । विष्फोटमा १५ जना घाइते भएकामा १४ जना भारतीय थिए । गम्भीर घाइते ६ जनालाई उपचारका लागि भन्दै भारतको पटना पुर्‍याइएकोमा पाँच जनाको उपचारको क्रममा मृत्यु भएको थियो । मृत्युको १ सातापछि मात्रै उद्योग व्यवस्थापनले प्रहरीलाई यसबारेमा जानकारी दिएको थियो ।

निषेधाज्ञामा ७८ कैदीबन्दी थपिए

चितवन। कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ जना कैदीबन्दी थपिएका छन्। कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका लागि पठाइएका हुन्। लागूऔषधका २३, जबर्जस्तीकरणीका १४, सवारी ज्यान मुद्दाका १२ र चोरी मुद्दाका सात,खोटा चलानका चार, काठ तस्करका तीन, ज्यान मार्ने उद्योगका २ जना छन्।

चितवनमा निषेधाज्ञामा ७८ कैदीबन्दी थपिए

चितवन । कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिएका छन् । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका लागि पठाइएका हुन् ।   कोरोना कहरका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि गरेको निषेधाज्ञाका समयमा सो सङ्ख्यामा...

चितवन : निषेधाज्ञामा ७८ कैदीबन्दी थपिए

कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिएका छन् । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका लागि पठाइएका हुन् । कोरोना कहरका कारण स्थानीय प्रशासनले गत वैशाख १७ गतेदेखि गरेको निषेधाज्ञाका समयमा सो सङ्ख्यामा कैदीबन्दी थपिएको उनले जानकारी दिए। उनका अनुसार थपिनेमा चितवनका मध्ये लागूऔषधका २३, जबर्जस्तीकरणीका १४, सवारी ज्यान मुद्दाका १२ र चोरी मुद्दाका सात जना रहेका छन् । यस्तै खोटा