लमजुङ भूकम्प : ६ जना घाइते, २७ घर क्षतिग्रस्त

लमजुङमा बुधबार बिहान गएको भूकम्पले २७ घरमा क्षति पुग्नुका साथै ६ जना घाइते भएका छन् । त्यसपछि पनि निरन्तरजसो परकम्प गएकाले प्रायजसो स्थानीय बासिन्दा खुला ठाउँमै बसिरहेका छन् ।

सम्बन्धित सामग्री

लमजुङ भूकम्प : थप दुईसहित ६ घाइते, २०० घरमा क्षति

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रेक्टरको भूकम्पले घर भत्किँदा जिल्लाका थप दुईसहित ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बेँसीसहर नगरपालिका–६ का ३६ वर्षीया उमा गुरुङ, वडा नम्बर–११, चितीका ८३ वर्षीया खकाकुमारी पाण्डे र वडा नम्बर–८ का २९ वर्षीया खुसीमाया गुरुङ र मर्स्याङ्दी गाउँपालिका–६,...

लमजुङ भूकम्प अपडेट : २७ घरमा क्षति, थप उपचारका लागि एक जनालाई लगियो चितवन

पोखरा : बुधवार बिहानै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते हुनेको संख्या र क्षतिको विवरण आउने क्रम जारी रहेको छ। पछिल्लो अपडेटअनुसार भूकम्पले घर भत्किँदा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी गंगा थापाले दिएको जानकारी अनुसार अहिलेसम्म २७ घरमा क्षति पुगेको छ।…