लमजुङ भूकम्प अपडेट : २७ घरमा क्षति, थप उपचारका लागि एक जनालाई लगियो चितवन

पोखरा : बुधवार बिहानै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते हुनेको संख्या र क्षतिको विवरण आउने क्रम जारी रहेको छ। पछिल्लो अपडेटअनुसार भूकम्पले घर भत्किँदा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी गंगा थापाले दिएको जानकारी अनुसार अहिलेसम्म २७ घरमा क्षति पुगेको छ।…