लमजुङ भूकम्प : थप दुईसहित ६ घाइते, २०० घरमा क्षति

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रेक्टरको भूकम्पले घर भत्किँदा जिल्लाका थप दुईसहित ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बेँसीसहर नगरपालिका–६ का ३६ वर्षीया उमा गुरुङ, वडा नम्बर–११, चितीका ८३ वर्षीया खकाकुमारी पाण्डे र वडा नम्बर–८ का २९ वर्षीया खुसीमाया गुरुङ र मर्स्याङ्दी गाउँपालिका–६,...