पाल्पा : पाल्पामा एक हप्ता निषेधाज्ञा लगाइने भएको छ।नयाँ भेरियन्ट सहितको कोभिड–१९ को महामारी पाल्पामा पनि ह्वात्तै फैलिएपछि यसको रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा लगाइने भएको हो। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको छ। वैशाख १७ गते शुक्रबार राति १२ बजेदेखि २४ गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए। निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अत