दसैंलाई लक्षित गरेर बाँकेका सात स्थानमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । भारतबाट फर्किने नेपालीलाई सुरक्षित र सहजरुपमा गन्तव्यसम्म पुग्ने वातावरणका लागि नेपाल–भारत सीमानाका जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्क, र्बैजनाथको सम्झना बजार, खजुराको धनौली, राप्तीसोनारीको कुसुम र बैजनाथको चिसापानीमा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए ।चाडपर्व मनाउन भारतबाट फर्किने नेपालीहरु लुटिने र ठगिने गरेको ग