उम्मेदवारलाई प्रश्न, ‘मुसहर बस्तीमा कहिले छाइएला छानो ?’

स्थानीय चुनावले सहर बजारदेखि गाउँघरसम्म उम्मेदवारहरूको ताँती लागेको छ । ओझेलमा रहेको जनकपुरधाम–२०, बसहियाको मुसहर बस्तीमा पनि अहिले भोट माग्ने नेताहरूको लर्को लागिरहेको छ । स्थानीय सुबोध माझीका अनुसार घर मूली नभेटिए नेताहरूले बालबालिकाको हातमा पम्पलेटहरु थमाएर जाने गरेका छन् । मुसहर बालबालिकाले ती पोस्टर, पम्पलेट पढ्दैनन् । बरु झण्डासँगै पोस्टर, पम्पलेट टाँगेर बस्ती झकिझकाउ पारेका छन् । सुबोध माझी विगत सम्झिन्छन्, ‘यस अघिको चुनावको बेला पनि नेताहरूले झुपडी हटाएर घर बनाइदिन्छु भन

सम्बन्धित सामग्री

हावाहुरीले उडायो काँडा माविको छानो

बझाङ : बझाङको साइपाल गाउँपालिका–३ काँडास्थित काँडा माध्यमिक विद्यालय भवनको छानो हावाहुरीले उडाएको छ।जस्तापाताले छाएको विद्यालयको छानो शनिबार आएको हावाहुरीले उडाएको हो। हावाहुरीले विद्यालयको दुईतले ४ कोठे भवनमा क्षति गरेको प्रधानाध्यापक रमेश बहादुर जेठाराले बताए।वार्षिक परीक्षा सकिएर पठनपाठन बन्द भएको समयमा हावाहुरीले छानो उडाएकाले मानवीय क्षति हुनबाट जोगिएको र नयाँ शैक्षिक सत्र सुरु हुने समयमा छानो उडाएपछि भर्ना अभियान र पठनपाठन सञ्चालन गर्न समस्या हुने भएको प्रधानाध्यापक जेठाराको भना

इतिहास बन्दै पसगाउँमा ढुङ्गाको छानो

लमजुङ – कुनै बेला लमजुङवासीको सान र सपना हुन्थ्यो ढुङ्गाले कुँदेर घरमा छानो हाल्ने। कतिले खरको छानो छाउने गरेका थिए। गाउँ–गाउँका मात्र नभइ सहर बजारका घरमा समेत ढुङ्गा तथा खरले छाना छाइन्थ्यो। पछिल्लो समयमा भने ढुङ्गा तथा खरको छानो विस्तापित गर्दै गाउँघरमै जस्ता पाता र ढलानसमेत गर्ने क्रम बढ्दै जाँदा बाँकी रहेको ढुङ्गाका घर र […]

विद्यालयको छानो उडाउँदा विद्यार्थीको बिचल्ली

दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ ।   गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो । विद्यालयका प्रधानाध्यापक फष्टबहादुर राणाका अनुसार तीनवटा कक्षाको पठनपाठन जस्तापाताको छानोमुनि हुँदै आएको थियो । अहिले विद्यार्थी घाममा बसेर परीक्षा दिन बाध्य छन् । ‘परीक्षासमेत प्रभावित भएको छ । नियमित कक्षा सञ्चालन गर्न समस्या छ’, उनले भने

दुई वर्षमा साढे आठ अजार घरमा टिनको छानो

संघीय सरकारले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत खरको छानो हटाएर टिनको छानो लगाउन थालेको संघन सहरी तथा भवन निर्माण आयोजना दाङले जनाएको छ ।दाङ-दुई वर्षको अवधिमा चार जिल्लामा आठ हजार ४ सय ४४ वटा घरमा टिनको छानो लगाइएको छ । दाङ, प्युठान, रोल्पा र रुकुम पुर्वमा आर्थिक वर्ष २०७७-०७८ सम्ममा यो संख्यामा टिनको छानो लगाइएको हो […]

भीमसेन मन्दिरको छानो छाउनका लागि श्रमदान आह्वान

ललितपुरको मंगलबजारस्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको भीमसेन मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ ।भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले शनिबार एक कार्यक्रम आयोजना गरी सो छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो । “हाम्रो सम्पदा हामी आफैं निर्माण गर्न सक्छौैं,” भन्ने मर्मलाई बोध गरी मन्दिरको छानो झिंगटी छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान […]

पाटनको प्राचीन अग्निशालामा तामाको छानो हालियो

ललितपुर महानगरपालिका–१९ ठगुटोलमा अवस्थित प्राचीन अग्निशालामा तामाको छानो हालिएको छ। पाँच हजार वर्ष पुरानो सो अग्निशालामा विसं १९९० को भूकम्पले छानो भत्काएपछि बेलायत सरकारबाट सहयोग प्राप्त जस्ताको छानो फेरिएको थियो।

प्यारापिटको छानो छाउँदै

लामो समयदेखि रोकिएको पोखरा रंगशाला फुटबल मैदानको प्यारापिटको छानो छाउन थालिएको छ । भारतीय प्राविधिक नआउँदा लामो समयदेखि प्यारापिटको छानो छाउने काम रोकिएको थियो ।...

हावाहुरीले विद्यालयको छानो उडायो, घरमा क्षति

आज साँझ आएको भीषण हावाहुरीसहितको वर्षाले तनहुँको बन्दीपुर गाउँपालिका–५ कल्चोकस्थित जलदेवी प्राथमिक विद्यालयको छानो उडाएको छ । दिउँसो ४ बजेतिर आएको हावाहुरीसहितको वर्षाले विद्यालयको छानो उडाउनुका साथै सोही वडाका एक महिलाको घरमा क्षति पुगेको हो । हावाहुरीले विद्यालयको एउटा कक्षाको छानो उडाएको वडा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन पाटाले जानकारी दिए । उनका अनुसार छानो उडाएपछि उक्त कक्षाका विद्यार्थीलाई अर्को कक्षामा राखेर पढाइने र छानो फेर्ने काम गरिनेछ । हावाह

साविक राप्तीका चार जिल्लाका आठ हजार घरमा टिनको छानो

दाङ-चालू आर्थिक वर्ष ०७७-७८ मा साविक राप्तीका ४ जिल्लामा ८ हजार २ सय ४३ घरमा खरको छानो हटाएर टिनको छानो लगाइने भएको छ । यसका लागि ४१ करोड २१ लाख ५० हजार रकम खर्च गर्ने थालिएको हो ।संघीय सरकारले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत खरको छानो हटाएर टिनको छानो लगाउने थालेको संघन सहरी तथा भवन निर्माण […]