पाटनको प्राचीन अग्निशालामा तामाको छानो हालियो

ललितपुर महानगरपालिका–१९ ठगुटोलमा अवस्थित प्राचीन अग्निशालामा तामाको छानो हालिएको छ। पाँच हजार वर्ष पुरानो सो अग्निशालामा विसं १९९० को भूकम्पले छानो भत्काएपछि बेलायत सरकारबाट सहयोग प्राप्त जस्ताको छानो फेरिएको थियो।

सम्बन्धित सामग्री

ललितपुरको प्राचीन अग्निशालाको छानो फेरियो

ललितपुर महानगरपालिका–१९ ठगुटोलमा अवस्थित प्राचीन अग्निशालामा तामाको छानो फेरिएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज पाँच हजार वर्ष पुरानो अग्निशालामा जस्ताको छानो हटाएर तामा हालेपछि उद्घाटन गरे । उनले भने, “काठमाडौँ उपत्यकाका साथै ललितपुरको एकमात्रै यस प्राचीन धरोहर विश्व सम्पदा क्षेत्रमा सूचीकृत हुन जरुरी छ ।” सो ऐतिहासिक धरोहरमा तामा हालिएसँगै थप पहिचान अघि बढ्ने महर्जनको बुझाइ छ ।उपप्रमुख गीता सत्यालले सो अग्निशाला मुलुकको एकमात्रै पुरानो महत्वपूर्ण गहना रहे