स्पष्टीकरण प्रकरणले पार्टी एकतामा भाँजो हाल्योः माधव नेपाल समूह

काठमाडौं। नेकपा एमाले माधव नेपाल समूहले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसदमाथि स्पष्टीकरण सोध्ने कामले पार्टी एकताको प्रयासमा भाँजो हाल्ने काम गरेको निष्कर्ष निकालेको छ। माधव समूहको बुधबार बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण र नाराबाजी छाडी पार्टी एकतालाई अघि बढाउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्ने निर्णय गरेको छ। बैठकले स्पष्टीकरण, कारबाहीलगायतका गतिविधिले एकताको वातावरण बिथोलेको भन्दै ध्यानाकर्षण गराएको छ।

सम्बन्धित सामग्री

स्पष्टीकरणको जवाफ दिने तयारीमा माधव नेपाल समूह

नेकपा एमालेको माधव नेपाल समूहले पार्टीले सोधेको स्पष्टीकरण दिने तयारी गरेको छ । केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार माधव नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।  बिहीवारै स्पष्टीकरण बुझाउने गरी तयारी भएको स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपालसहित २२ जना सदस्यलाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण पत्रमा विश्वासको मतको प्रसङ्ग उल्लेख नगरी पार्टी निर्णय र निर्देशन किन पालना नगरेको भनेर प्रश्न गरिएको छ ।  देउवा...

एमालेमा दुवै पक्ष अलमलमाः न कारबाही गर्न सक्ने, नत विभाजन गर्न सक्ने

काठमाडौं। नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा छ। तर, एकता, विभाजनको विषयमा दुवै पक्ष अलमलमा देखिएका छन्। ओली पक्ष कारबाही गर्नमा अलमलमा रहेको छ भने माधव नेपाल समूह एकता र विभाजनको निर्णय गर्न। ओली पक्षले फ्लोर क्रस गर्ने सांसदलाई स्पष्टीकरण २४ घण्टा बित्दा पनि पठाउन सकेको छैन। नेपाल पक्ष दैनिक बैठक बसे पनि विभाजन र एकताको टुंगोमा पुग्न सकेको छैन।

माधव नेपाल समूह कारबाही भोग्न तयार, ओलीलाई स्पष्टीकरण नबुझाउने

एमाले नेता माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नबुझाउने भएको छ ।

ओलीविरुद्ध काउन्टर रणनीति बनाउन जुट्यो माधव नेपाल समूह

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटीको बैठक बसिरहेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना समूहका २७ संघीय सांसद् र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेपछि थप रणनीति बनाउने नेपाल समूह जुटेको हो। नेपाल समूहका नेताहरुको बैठक बुद्धनगरमा बसिरहेको नेपाल निकट…

पार्टीमा ओलीको एकलौटी रोक्न माधव नेपाल समूह अदालतमा

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत जाने भएको छ। सांसदहरू माथिको कारबाही रोक्न माग गर्दै अदालत जाने तयारी गरेको हो।  ओलीले माधव नेपालसहित २७ संघीय र ५ कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेको थियो। कानुन व्यवसायीहरूसँगको छलफलपछि कारबाही रोक्न माग गर्दै अदालत जाने निर्णय तयारी भइरहेको छ।  नेतृ एवं सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउने गरी कारबाही गरे अदालत जाने मंगलबार नै बताएकी थिइन्।  ...

ओलीको स्पष्टीकरणपत्रविरुद्ध माधव नेपाल समूह सर्वोच्चमा

काठमाडौं। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेको विरोधमा माधव नेपाल पक्ष सर्वोच्च जाने भएको छ। पार्टीलाई विधि र पद्धतिअनुसार सञ्चालन गर्न दबाब सिर्जना गर्दा कारबाही गर्ने मनशायले स्पष्टीकरण सोधेको भन्दै त्यसलाई रोक्न माग गर्दै नेपाल पक्ष सर्वोच्च जाने भएको हो। नेता बेदुराम भुसालले अहिले छलफल भइरहेको र केहीबेरमा सर्वोच्च जाने जानकारी दिए।

माधव नेपाल समूह रणनीति बनाउन आन्तरिक छलफलमा

काठमाडौं : नेकपा एमालेको संस्थापन पक्षले स्पष्टीकरण मागेर कारवाही प्रक्रिया अघि बढाउने भएपछि माधव नेपाल समूह रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ।आज माधव नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक बसेर अबको बाटो के हुने भन्नेबारे छलफल गरिने कमिटीका एक सदस्यले बताए।  बैठक बानेश्वरको अर्याल होटलमा बस्ने भएपनि कतिबेला बस्ने भन्ने बारेमा टुंगो लागेकाे छैन्। एमालेको संस्थापन पक्षको केन्द्रीय कमिटीको शनिबारको बैठकले गुटगत भेला गरेर पार्टी विरोधी गतिबिधि गरेको भन्दै माधव नेपाल,