काठमाडौँ। शिवशक्ति तीज म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ। २०७९ सालमा बजारमा आएका तीज गीतका विभिन्न २६ विधामा आयोजना गरिएको तीज म्युजिक अवार्डमा तीज दोहोरी गीत, मौलिक तीज गीतको अडियो तथा भिडियोमा सम्बन्धित स्रष्टा र सिर्जनाहरू सहभागी भएका छन्।