बिग बस १४ को घरबाट नायिका जेस्मिन भासिन आउट भएकी छिन् । जेस्मिन भासिन आउट हुँदा सबैको आँखामा आँसु आयो । अली गोनी क्वाँक्वाँ रोए । यहाँसम्म कि सलमान खान पनि आफ्नो आँसु रोक्न सकेनन् । उनी पनि भावुक देखिए । अब घरबाहिर आएपछि जेस्मिनले सलमान खानको यो भावुक प्रतिक्रियाको जवाफ दिएकी छिन् । पिंकभिल्लासँगको कुराकानीमा जब जेस्मिनलाई यसबारे प्रश्न सोधियो तब उनले भनिन्, ‘मैले सबैबाट निकै प्रेम पाएँ । सबैसँग मेरो सम्बन्ध निकै राम्रो रह्यो । सलमान सरका लागि त मेरो मनमा अत्यधिक सम्मान र प्रेम छ । कि