नेपाल वाटर एण्ड ईनर्जी कम्पनीले माग्यो १५ ओटा पदमा २० कर्मचारी

माघ ४, काठमाडौं। रसुवा जिल्लाको मैलुङमा निर्माणाधीन माथिल्लो त्रिशुली - १ जलविद्युत आयोजनाको निर्माण कार्यका लागि नेपाल वाटर एण्ड ईनर्जी कम्पनीले प्राविधिक तथा दक्ष कामदारको माग गरेको छ। कम्पनीले बिभिन्न १५ ओटा पदमा २० जना कर्मचारी माग गरेको हो। कम्पनीले एड्मिनिस्टे्रशन  म्यानेजर १, कन्ट्रयाक्ट अफिसर १, मेकालिकल इञ्जिनीयर १, सिभल इञ्जिनीयर २, सिभिल प्लानिङ सुपरभाइजर १, सिभिल वर्क सुपरभाइजर १, सिभिल टेक्निसियन २, ईक्युपमेन्ट इस्टलमेन्ट टेक्निसियन १ जना माग गरेको हो । त्यस्तै कन्स्रेट टेक्निसियन १, एक्जाभेसन टेक्निसियन १, मेकानिक फोरमेन २, कन्ट्रक्सन फोरमेन २, लेबर फोरमेन २, एक्जिभेसन फोरमेन १, ब्लास्टर फोरमेन १ गरि जम्मा २० जना माग गरेको हो। इच्छुक व्यक्तिहरुले ७ दिनभित्र कम्पनीको कार्यालय तथा कम्पनीको ठेगानामा आवेदन दिन सक्ने कम्पनीले बताएको छ।   होङ्शी शिवम् सिमेन्ट उद्योगमा पनि कामदार माग  नवलपुरको त्रिवेणी गाउँपालिकामा सञ्चालित  होङ्शी शिवम् सिमेन्ट उद्योगका लागि बिभिन्न ६ ओटा पदमा १८ जना कामदार माग भएको छ। कम्पनीले सोमवार एउटा बिज्ञापन प्रकाशित गर्दै एकाउण्ट मेनेजर २, डकुमेन्ट्री एड्मिनिस्टेशन म्यानेजर ३, हेड अफ वर्कसप १, चिफ सेल्स अफिसर १, सिफ्ट हेड १०,  चाईनिज इन्टरपिनर ट्रान्सलेटर १ जनाको माग भएको हो।  इच्छुक व्यक्तिले कम्पनीको ठेगाना वा कम्पनीको कार्यालय अनामनगर, काठमाडौंमा आवेदन दिन सक्ने कम्पनीले बताएको छ।  

सम्बन्धित सामग्री

१ करोडमा बनेको नेपालगञ्ज वाटर पार्कमा मोटरबोट सञ्चालन

११ चैत, काठमाडौं । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्जस्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ । १ करोड ८ लाख रुपैयाँ लागतमा तयार गरेर परीक्षणकालीन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो वैशाखमा उद्घाटन गर्ने तयारी गरेको सञ्चालक विष्णु ढकालले जानकारी दिए । खासै प्रयोगमा नआएको नेपालगञ्जको वाटर पार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब […]

कोका–कोलाको नयाँ ‘वाटर स्टेवार्डशिप परियोजना’ सञ्चालनमा

काठमाडौं । कोका–कोला बेभरेज नेपाल (Coca Cola Beverage Nepal) ले ‘वाटर स्टेवार्डशिप परियोजना’ सञ्चालनमा ल्याएको छ । कम्पनीले बालाजु पार्कको बाइसधाराको पुनरुत्थान र वाश प्रणालीका साथै पोखरा र भरतपुरमा रेन वाटर हार्वेस्टिङ तथा र ग्राउन्ड वाटर रिचार्ज परियोजना अगाडि सारेको हो ।   यी पानी भण्डारण परियोजना कम्पनीको २०३० जल सुरक्षा रणनीतिप्रतिको प्रतिबद्धताको समर्थन लक्षित रहेको बताइएको छ । कम्पनीले वाटरएड नेपालको प्राविधिक सहयोगमा सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सीआईयूडी)सँग बाइसधारा–बालाजु पार्कमा रहेका सुकेका ढुंगेधाराहरूलाई पुनः प्रयोगमा ल्याउन मद्दत गर्न ग्राउन्ड वाटर रिचार्ज परियोजनाको लागि साझेदारी गरेको छ । परियोजनामा रिचार्ज ट्रेन्च (रेन गार्डेन), २१ ओटा रिचार्ज इनार, ढलान संरक्षण र सतह÷सतहभन्दा मुनि ड्रेनेजको काम समावेश छ ।  कम्पनीले स्प्लाश नेपालसँगको सहकार्यमा पोखराको सैनिक आवासीय महाविद्यालयमा खानेपानी र हात धुने स्टेशन स्थापना गरिनुको साथै रेन वाटर हार्वेस्टिङ प्रणाली सञ्चालन गर्ने जानकारी दिएको छ । त्यसैगरी भरतपुरका चारओटा सामुदायिक विद्यालयमा वर्षाको पानी संकलन प्रणाली स्थापना गरी विद्यालय जाने बालबालिकालाई स्वच्छ खानेपानी उपलब्ध गराउने बताइएको छ । काठमाडौंमा स्प्लास नेपालले बालाजु औद्योगिक क्षेत्रको चाइल्ड केयर फसिलिटीभित्र पिउने पानीको फिल्टर युनिट स्थापना गर्न सहयोग गरिने सम्झौतामा उल्लेख छ । पछिल्लो एक दशकमा, कोका–कोला बेभरेज नेपालले ८ ओटा वाटर स्टेवार्डशिप परियोजना पूरा गरेको जानकारी दिएको छ । यो वर्षमा पाइपलाइनका ४ परियोजनाहरू रहेको कम्पनीको भनाइ छ ।  कोका–कोला बेभरेज नेपालका प्रबन्ध निर्देशक जी दीपक सेन्थिलनाथले यी परियोजनाले जलवायू परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भएका समुदाय, विशेष गरी महिलालाई सशक्तिकरण गर्ने, विद्यार्थीका लागि सुरक्षित पिउने पानीको पहुँच बढाउने र सबैको जीविकोपार्जनमा सुधार गर्ने सन्दर्भमा सामुदायिक दृढतालाई बढाउन केन्द्रित रहने बताए ।

६ पटक म्याद थप्दा पनि चिनियाँ कम्पनीले काम सकेन, तोड्यो केयुकेएलले ठेक्का

काठमाडौँ । सम्झौताअनुसार काम नगरेपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले ठेक्का तोडेको छ । चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) सँग केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले ठेक्का अन्त्यको घोषणा गरेको हो । उक्त कम्पनीले भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोर पानी प्रशोधन केन्द्रको निर्माणका लागि गरिएको सम्झौता गरेको थियो । कम्पनीसँग […]

६ पटक म्याद थप्दा पनि चिनियाँ कम्पनीले काम सकेन, केयुकेएलले तोड्यो ठेक्का

सम्झौताअनुसार काम नगरेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले ठेक्का तोडेको छ । चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) सँग केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले ठेक्का अन्त्यको घोषणा गरेको हो । उक्त कमपनीले भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि गरिएको सम्झौता गरेको थियो । कम्पनीसँग सल्लाघारी, कोड्कु (बालकुमारी) र धोविघाटमा गरी प्रतिदिन कूल ६ करोड ८७ लाख लिटर फोहोरपानी प्रशोधन क्षमताका फोहोरपान

हिमालयन स्प्रिङ वाटर पुनः सञ्चालन

एक दशकदेखि बन्द रहेको रसुवाको धुन्चेस्थित हिमालयन स्प्रिङ वाटर प्रालि आगामी असोेजको दोस्रो सातादेखि पुनः सञ्चालनमा आउने भएको छ । अब यसको नाम हिमालयाज स्प्रिङ वाटर हुनेछ । कोरियन लगानीमा स्थापित यस कम्पनीले हिमालयाज वन टप ब्रान्डको पानी उत्पादन गर्नेछ । ४० करोड रुपैयाँको लगानी रहेको यस कम्पनीको पानी उत्पादन तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । यसले प्रयोग गर्ने पानीको मुहान लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ । कम्पनीका महाप्रबन्धक गंगा धितालका अनुसार कम्पनीले अहिले स्प्रिङ वाटरको परीक्षण उत्पादन गरिरहेको छ । ‘कम्पनीमा नयाँ उपकरण जडान, मर्मत र नयाँ थप्ने काम भइरहेको छ,’ धितालले भने । सुरुमा दैनिक ५०हजार बोटल स्प्रिङ वाटर उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । दैनिक उत्पादन क्षमता एक लाख बोटल रहेको कम्पनीले परीक्षणको रूपमा थोेरै उत्पादन गर्न लागेको हो । नौ सय मिलिमिटर पानीको बोटलको मूल्य ३५ देखि ४० रुपैयाँसम्म पर्ने धितालले बताए । निर्यात गर्ने उद्देश्यले उत्पादन सुरु गरिएको भए पनि हाललाई नेपाली बजारमा पनि विक्रीवितरण हुने कम्पनीले बताएको छ । सन् १९९८ मा कोरियाको नारा इन्टरनेसनल हिमालयन स्प्रिङ वाटर र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा कम्पनी स्थापना भएको थियो । राष्ट्रिय वाणिज्य बैंकको ऋणमा स्थापना भएको कम्पनीले २००० देखि उत्पादन सुरु गरेको थियो । वर्ष ५, अंक ४६, २०६७, साउन ३–९

केन्ट सुप्रिम एक्स्ट्रा वाटर प्युरिफायर नेपाली बजारमा

सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएलले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर नेपाली बजारमा भित्र्याएको छ । यो नयाँ वाटर प्युरिफायरको मूल्य ३३ हजार ९९० रूपैयाँ रहेको ईओएलले जनाएको छ । नेपालभरका सबै प्रमुख रिटेल आउटलेटहरुबाट उपलब्ध यो प्युरिफायर शतप्रतिशत शुद्ध प्रिमियम र एक्स्ट्रा सुविधाहरु भएको कम्पनीले जनाएको छ । यसले अल्कलाइन सहितको पिउने पानी...

केन्ट सुप्रिमको वाटर प्युरिफायर नेपाली बजारमा

सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर बजारमा ल्याएको छ । यो नयाँ वाटर प्युरिफायरको मूल्य ३३ हजार ९९० रहेको कम्पनीले जनाएको छ । नेपाल भरिका सबै प्रमुख रिटेल आउटलेटहरूमा उपलब्ध प्युरिफायर प्रिमियम र एक्स्ट्रा सुविधाहरू भएकाले शतप्रतिशत शुद्ध र अल्कलाइनसहितको पिउने पानी प्रदान गर्ने कम्पनीको दावी छ ।यसमा प्रयोग भएको […]

केन्टको नयाँ आरओ वाटर प्युरिफायर बजारमा

नेपालका लागि केन्ट उत्पादनको आधिकारिक विक्रेता इओएल प्रालिले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर बजारमा ल्याएको छ । कम्पनीले प्रिमियम र एक्स्ट्रा सुविधाहरू भएको तथा शतप्रतिशत शुद्ध र अल्कलाइनसहितको पिउने...

केन्ट सुप्रिम एक्स्ट्रा वाटर प्युरिफायर नेपाली बजारमा

काठमाडौं । सी.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको ई.ओ.एल.ले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आर. ओ. वाटर प्युरिफायर नेपाली बजारमा भित्र्याएको छ ।यो नयाँ वाटर प्युरिफायरको मूल्य ३३ हजार ९९० रहेको ई.ओ.एल.ले जनाएको छ । नेपाल भरका सबै प्रमुख रिटेल आउटलेटहरुबाट उपलब्ध यो प्युरिफायर शतप्रतिशत शुद्ध प्रिमियम र एक्स्ट्रा सुविधाहरु भएको कम्पनीले जनाएको छ । यसले अल्कलाइन सहितको पिउने पानी प्रदान गर्ने जसले पी.एच.को स्तर ८.५ देखि ९.५ को बिचमा सुनिश्चित हुने कम्पनीले जनाएको छ ।  यस प्युरिफायरले आर.ओ. + यू. भी.

केन्ट सुप्रिम एक्स्ट्रा वाटर प्युरिफायर बजारमा

केन्ट उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर बजारमा ल्याएको छ। नयाँ वाटर प्युरिफायरको मूल्य ३३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ। नेपाल भरिका सबै प्रमुख आउटलेटहरूमा यो प्युरिफायर उपलब्ध भएको कम्पनीले बताएको छ। प्रिमियम र एक्स्ट्रा सुविधाहरू भएकाले सतप्रतिशत शुद्ध र अल्कलाइन पानी पिउने सुविधा यस प्युरिफायरले दिने […]