अफगानिस्तानमा जारी पछिल्ला हिंसात्मक घटनाप्रति चीनका वरिष्ट कुटनीतिज्ञले मंगलबार चासो व्यक्त गरेका छन् । उनले अफगानिस्तानमा देखा परेका समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले मद्दत गर्न आह्वान पनि गरे ।अफगानिस्तानको वर्तमान परिस्थिति गम्भीर मोडमा पुगेको र अनिश्चितताको नयाँ चरणमा प्रवेश गरेको देखिएको छ । संयुक्तराज्य अमेरिका र नेटोले आगामी सेप्टेम्बर ११ अघि नै अफगानिस्तानमा तैनाथ सैनिक फिर्ता लैजाने घोषणा गरेसँगै परिस्थिति थप जटिल बनेको छ । ‘अन्तर–अफगान मध्यस्थता वार