काठमाडौं (अस) । सिभिल बैंकका पूर्वसीईओ गोविन्द गुरुङ म्यानमार सिटिजन बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । सिभिल बैंकबाट राजीनामा दिएका गुरुङले मे १ तारिखदेखि उक्त बैंकको सीईओ पद सम्हाल्ने गरी नियुक्ति पाएका हुन् ।
नेपाली नागरिकले विदेशी बैंकको प्रमुख पदमा नियुक्ति पाएको सम्भवतः यो पहिलो हो । सिभिल बैंकको सञ्चालक समितिले गत आइतबार उनको राजीनामा स्वीकृत गरिसकेको छ ।