सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । एमालेको संसद अवरोधकै बीच आइतबार सरकारले विवादित एमसीसी संसद बैठकमा पेश गरेको हो । आइतबारको संसद बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका हुन् । ‘अहिले हामी अध्यक्षज्युसँग छलफलमा छौ’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘पछि कुरा गरौंला ।’ स्रोतका अनुसार अध्यक्ष ओलीसँगको छलफलमा नेताहरु ईश्वर पोखरेल,