बैतडी : शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले जिल्ला अस्पताल बैतडीलाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ। बैतडीमा अक्सिजन सहयोग अभियान सञ्चालन गरिरहेको प्रतिष्ठानले ५ थान कन्सन्ट्रेटर खरीद गरेको र तीमध्ये दुई थान जिल्ला अस्पताललाई प्रदान गरेको हो।प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्। अध्यक्ष चन्दका अनुसार प्रतिष्ठानले ५ वटा कन्सन्ट्रेटर खरीद गरेको र ती मध्ये दुई थान जिल्ला