हेटौंडा : मकवानपुरमा मापदण्डविपरीत सञ्चालित सम्पूर्ण क्रसर उद्योग बन्द हुने भएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले जिल्लामा मापदण्डविपरीत सञ्चालित सम्पूर्ण क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो। बुधबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई परिपत्र गर्दै मकवानपुरभित्र सञ्चालनमा रहेका अवैध क्रसर उद्योगलाई कारबाहीको दायरामा ल्याउन भनेको थियो। मन्त्रालयले दर्ता नगरी तथा नवीकरण नभएका, सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिटी, रोडा तथा बालु