काठमाडौं । कर्णाली प्रदेशका ९ हजार भन्दा बढी उम्मेदवारले निर्वाचन सम्पन्न भएको ३ महिना बितिसक्दा पनि खर्च विवरण बुझाएका छैनन् । गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका १२ हजार ८ सय ४७ जना मध्ये ९ हजार ४ सय ६ जनाले खर्च विवरण नबुझाएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको हाे। […]