संखुवासभा : संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग ६ दिनदेखि बन्द छ।अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाई भएको भन्दै स्थानीयले अनिश्चितकालीन रुपमा अरुण तेस्रोको विद्युत गृहस्थल र प्रवेशमार्गको सडक बन्द गरेका हुन्।गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित संघर्ष समितिले विद्युत गृहस्थल र प्रवेशमार्ग ठप्प पारेका छन्। अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वि