मुआब्जा माग्दै स्थानीयद्वारा अरुण तेश्रोको विद्युत गृह ठप्प

संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युतगृह स्थल र प्रवेशमार्ग चार दिनदेखि स्थानीयहरूले ठप्प पारेका छन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाई भएको भन्दै स्थानीयले अनिश्चितकालीन रुपमा अरुण तेस्रोको विद्युत गृहस्थल र सडक बन्द गरेका हुन् ।