पाकिस्तानमा आइतबार बिहान रोचक स्थिति पैदा भयो जब प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुनुपर्ने साटो संसदका उप–सभामुखले यसलाई असंवैधानिक बताउँदै रद्द गरिदिए ।त्यसलगत्तै प्रधानमन्त्री इमरान खानले पाकिस्तानको राष्ट्रपतिसँग संसद विघटन गर्न सिफारिश गरे ।सर्वोच्च अदालतले यो सम्पूर्ण मामिलाको आफैँ संज्ञान लिइसकेको छ भने अर्कोतर्फ तेहरिक–ए–इन्साफका नेताहरूले आगामी चुनाव र त्यसअघिको अनुगमन संरचनाबारे बयान दिन थालेका छन् ।फवाद चौधरीले प्रधानमन्त्रीको तर्फबा