कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका अन्तर्गत वडा नम्वर १, २ र ३ मा एकीकृत सुरक्षा जाँच चौकीसहितको सुक्खा बन्दरगाह निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन प्रस्ताव स्वीकृत भएको छ । यो सँगै भारतमार्फत् हुने अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका निमित्त सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ ।