नेकपा (एमाले)का अध्यक्ष केपी शर्माले मधेसको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । सर्लाही सदरमुकाम मलङ्गवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा उनले भने, ‘मधेसको मुद्दा सम्बोधन गर्ने काम एमाले तयार छ ।’ नागरिकताको समस्या भोगिरहेका जनताका लागि नागरिकता विधेयक एमाले सरकारले ल्याए पनि पारित हुन नसकेको उनको भनाइ छ । उनले संसद्मा काम गर्न नदिँदा पनि, अवरोध गर्दा पनि संविधान अनुसार अध्यादेशबाटै मधेसी जनताले भोगिरहेको नागरिकता समस्याको समाधान गर